जनकपुरधाम । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ ।
आइतबारदेखि मन्दिर खुल्ला गरिएको मन्दिरका उत्तराधिकारी रामरोशन दासले बताए । तर केन्द्र, प्रदेश सरकारका कुनै पनि निकायले मन्दिर खोल्ने निर्णय गरेका छैनन् । महन्तहरुले नै मन्दिर खुला गरेका हुन् ।
मन्दिर खुल्ला गरिएसँगै चहलपहल बढेको छ । अहिले बाहिरका श्रद्धालु एवं दर्शनार्थी नआए पनि जनकपुरधाम र नजिकका आउन थालेको दासले बताए । मन्दिर खुल्ला गरिए पनि अहिले दर्शनार्थीको संख्या न्यून छ,’ उनले भने,’बाहिरका अझै आएका छैनन् ।’
अहिले दैनिक ३ सयदेखि ४ सयसम्म दर्शनार्थी आइरहेका छन् । उनीहरुलाई दूरी कायम गरी दर्शन र पूजापाठ गर्न दिइएको उनले बताए ।





















Discussion about this post