nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सार्बजनिक जग्गा पचाउ अभियानको मुख्य दोषी वडा अध्यक्ष रामपुकार कामती ः संर्घष समिति

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ६, २०७७, ६:५५ मध्यान्ह
सार्बजनिक जग्गा पचाउ अभियानको मुख्य दोषी वडा अध्यक्ष रामपुकार कामती ः संर्घष समिति

संजय यादव, गोलबजार।सार्बजनिक जग्गा पचाउ अभियानको मुख्य दोषी गोलबजार नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष रामपुकार कामती रहेको सार्बजनिक जग्गा बचाउ अभियान संर्घष समितिले बताएका छन् । सिरहाको गोलबजार नगरपालिका वार्ड नं ९ स्थित पूर्वपश्चिम लोकमार्गसंगै रहेको करोडौ मूल्यको अढाई बिग्हा सार्बजनिक जग्गा आर्थिक मिलोमतोमा उक्त जग्गामा घरबाटो केही नभएको ब्योहोरा सहितको झुठो सिफारिस गोलबजार वार्ड नं ९ का वडा अध्यक्ष रामपुकार कामतीले दिएको संर्घष समितिका एक सदस्यले रेडियो आकाशगंगा एफएमलाई बताए ।

लोकमार्गमै रहेको कराडौ मूल्य बराबरको सरकारी जग्गा नक्कली सुकुम्बासी खडागरी ब्यक्तिको नाँउमा पास रहेकोमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको बिशेष सकृयताले नक्कली र किर्तेगरी हडपिएको कराडौको जग्गा वन क्षेत्रलाई पूनःफिर्ता गराई कायम गराएको छ । सार्बजनिक जग्गा फिर्ता तथा भूमाफियालाई कडा सजायको माँग गर्दै सार्बजनिक जग्गा बचाउ अभियान संर्घष समिति गोलबजार नगरपालिका वार्ड नं ९ र १० आन्दोलित भएका छन् ।

लोकमार्गमै रहेको साबिक गाबिस असनपुर वार्ड नं ६ हाल गोलबजार नगरपालिका वार्ड नं ४ बस्ने फौज बहादुर भट्ट क्षेत्रीको नाँउमा चन्द्रोदयपुर ८(क) हाल गोलबजार नगरपालिका वार्ड नं ९ अन्र्तगत पर्ने कित्ता नं ४२० को २ बिग्हा ९ कठ्ठा ३ धुर क्षेत्रफल भएको उक्त जग्गामा घर बाटो केही नभएको ब्योहोरा सहित वडा अध्यक्ष कामतीले २०७४ असोज २२ गतेका दिन गलत सिफारिस गरिएको देखिन्छ ।

उक्त क्षेत्रफलको जग्गा २०५८ साल तिर धनगढीमाई नगरपालिकाकी बिना चौधरी र सिरहा नगरपालिकाकी अनिता साहको नाममा संयुक्त पास रहेको थियो ।
यता सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेललाई सोधे, करोडौ मूल्य बराबरको केही सार्बजनिक जग्गा फिर्ता भयो तर संलग्न दोषीहरुलाई कार्यबाही कहिले हुने भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी कणेलले भन,े जग्गा फिर्ता भएर मात्र हुदैन, संलग्न दोषीहरु जो कोही भए पनि कार्यबाहीको दायरामा ल्याउन आफुले सिफारिस सहितको पत्र सम्बन्धीत निकायमा पठाईसकेको बताए । प्रमुख जिल्ला अधिकारी कणेलले थपे, जग्गा पास हुनलाई घर बाटो प्रमाणित सिफारिस अनिबार्य चाहिने र सिफारिस बेगर जग्गै पास नहुने भएकोले सिफारिस गर्ने पनि संलग्न रहेको बताए ।
त्यस्तै डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख सुभाष चन्द्र दासले वनको जग्गा ब्यक्तिको नाममा पास गराउने वडा अध्यक्ष होस वा जो सुकै होस कानूनी दायरामा ल्याउने प्रमुख दासले रेडियो आकाशगंगा एफएममा अन्तरवार्ता दिदै यस्तो बताए ।

गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले कार्यवाहीको सिफारिस गरी पठाउने ब्योहोराको अहिले सम्म पत्र प्राप्त नभएको र जिल्ला प्रशासन कार्यालय सिरहा, डिभिजन वन कार्यालय लहान, सिरहाले सिफारिस पठाउन भनेपछि तुरुन्तै कार्यवाहीको सिफारिस लेखि पठाउने र कार्यवाही गर्ने मुख्य निकाय वन कार्यालय रहेको नगर प्रमुख साहले बताए ।

गोलबजार नगरपालिका वार्ड नं १० का वडा अध्यक्ष देवनारायण महतोले आफु जग्गा बचाउ आन्दोलनमा सकृय भएर लागेको र दोषी जो कोही भए पनि कार्यबाही हुनुपर्छ भनेर बताए ।संर्घष समितिका सकृय सदस्य गोलबजार नगरपालिका वार्ड नं ९ का बलराम प्रसाद यादवले आन्दोलननकै बलमा सार्बजनिक वनको जग्गा पूनः वनलाई नै फिर्ता गराई झुठो घर बाटो प्रमाणित गरेका वडा अध्यक्ष पनि दोषी रहेको बताए ।

संर्घष समितिका अर्का सदस्य लक्ष्मण प्रसाद यादवले यस प्रकरणमा भूमाफिया जो कोही भए पनि तह लगाउने, वडा अध्यक्ष कामतीको पनि मिलोमतो देखिएकोले जनताको कठघरामा खडा गर्ने बताए । त्यस्तै समितिका अर्का सदस्य महेद्र प्रसाद महतोले सुकुम्बासी समस्या समाधान आयोगलाई सघाउने साबिक चन्द्रोदयपुरका ततकालिन अध्यक्ष ब्रम्हदेब कामती र बर्तमान वार्ड नं ९ का अध्यक्ष रामपुकार कामती सहित अपराधी रहेकोले जनताको माझ नंगाझार गर्ने बताए । अर्का सदस्य सकलदेव सिंहले भूमाफियाहरुलाई पर्दाफास गर्ने र जनप्रतिनिधि होस वा अरु कोही होस दोषीलाई कालोमोसो दलेर गदहामा सबार गरेर पठाउने बताए ।

यता स्थानियहरुले हडपिएको सार्बजनिक जग्गा आनदोलनकै बलमा फिर्ता गराई अपराधीलाई जनताको कठघरामा खडा गराई नंगाझार गर्ने बताउँछन् ।
हडपिएको सार्बजनिक जग्गा नगरपालिका र सरोकारवाला निकायकै मिलोमतोमा सुकुम्बासी जग्गा गैर सुकुम्बासीको नाउँमा पास भएको तथ्य बाहिर आउँदा संर्घष समितिको आन्दोलनमा झन्नै जनसर्मथन जुटदै गएको संर्घष समितिले जनाए ।

सम्बन्धीत निकायकै मिलोमतोमा सुकुम्बासी जग्गा गैर सुकुम्बासीको नाउँमा पास भएको चर्चा स्थानियहरुमा चलेपछि गोलबजार नगरपालिकाले २०७५ सालमा रष्टरी बदरको निमित जिल्ला अदालत सिरहामा मुद्धा चल्दा अदालतले पनि सो जग्गा पास भएकाहरुकै नाउँमा सदर गरिएको थियो ।

जिल्ला अदालत सिरहाका न्यायधिश योगेन्द्र प्रसाद साहको इजलास नम्बर १ ले उक्त जग्गा नीज साह र चौधरीको नाममा चलनचल्ती कायम गरिदिएको अवस्थामा सिडियो कणेलको बिशेष सकृयताले सरकारी वन जग्गा फिर्ता गराउन सफल भएको हो ।

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!