nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आफ्नै भूमिमा भवन बनाएको चिनियाँ सेनाले दाबी गरेपछि त्यसै हुम्ला फर्कियो स्थलगत अध्ययनका लागि गएको नेपाली टोली

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ आश्विन ६, मंगलवार १६:२१
आफ्नै भूमिमा भवन बनाएको चिनियाँ सेनाले दाबी गरेपछि त्यसै हुम्ला फर्कियो स्थलगत अध्ययनका लागि गएको नेपाली टोली

फणीन्द्र दाहाल,बीबीसी न्यूज।हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले नेपाली भूमिमा नभएर आफ्नै भूभागमा भवनहरू बनाएको दाबी गरेको एक नेपाली अधिकारीले बताएका छन्।

चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूमाग भएको बताएपछि उक्त विषयमा दुई पक्षबीच वार्ता गर्ने अवस्था नभएको अध्ययन टोलीमा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए।

उनका अनुसार नक्सामा भवन बनेको क्षेत्र नाम्खा गाउँपालिकाको भूभागमा देखिन्छ। विगतमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्रमिकहरूले बाटो बनाएको उनको भनाइ छ।

सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो।

त्यहाँ हराइरहेको सीमा स्तम्भ पहिचान गर्नुपर्ने र उक्त क्षेत्रमा देखिएको सीमा विवाद कूटनीतिक ढङ्गले हल गर्नुपर्ने सुझाव दिने अधिकारीहरूले बताएका छन्।

स्थलगत अध्ययन
स्थलगत अध्ययन गर्न उक्त टोली हुम्ला सदरमुकाम सिमीकोटबाट चिनियाँ पक्षले भवन बनाएको भनिएको स्थानमा आइतवार पुगेको थियो।

त्यस बेला त्यहाँ चिनियाँ प्रहरीहरू बसिरहेको पाइएको र उनीहरूले नेपाली पक्ष आएको भन्दै चिनियाँ सेनालाई बोलाएको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिए।

“भवनहरू बनाएकोभन्दा एक किलोमिटरवर नेपालतर्फको क्षेत्रको भूभाग हाम्रो हो भन्ने चिनियाँ पक्षको भनाइ आयो। हाम्रो ११ नम्बरको पिलर हालसम्म नभेटिएकाले हामीलाई यकिन गर्न गाह्रो भयो। लाप्चा लेकमा रहेको हाम्रो १२ नम्बरको पिलरलाई आधार मान्ने हो भने त्यो भवनहरू बनेको ठाउँ हाम्रै भूमिमा पर्ने देखिन्छ।”

अहिले भवन बनेका भन्दा साढे दुई किलोमिटर उत्तरतिर आफूहरूले बाटो खनेको भन्दै उपभोगका हिसाबले उक्त भूमि नेपाली भएको उनले बताए।

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले लगभग डेढ घण्टा भवनहरू बनेको क्षेत्रमा बिताए पनि सीमा र सुरक्षा हेर्ने सैनिक टोली आएपछि वार्ता गर्न नसकिने भन्दै उनीहरूले नेपाली टोलीलाई फर्काइदिएका थिए।

“हाम्रो भूमिमा बसेर कुरा गर्न मिल्दैन। तपाईँहरूकै सीमा क्षेत्रमा फर्किनुहोस् भनेपछि हामी माथि आयौँ। कुरा भएको त्यति हो। हाम्रो नक्सामा कायम छ भनेर उहाँहरूले भन्नुभयो। एघार नम्बरको पिलर फेला नपरेसम्म हामीले केही भन्ने अवस्था रहेन।”

चिनियाँ सेनाको माइकिङ
एउटा ट्याङ्कर, एउटा ट्रक र जीपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले त्यहाँ माइकको प्रयोग गरी नेपाली पक्षलाई चिनियाँ भूमिमा कुरा गर्न नमिल्ने र वार्ता नै गर्न मन भए सीमा बिन्दुमा जाऔँ भन्ने प्रस्ताव गरेका थिए।

“रोगका कारण नजिक पनि जान नमिल्ने टाढाटाढाबाट कुरा गर्नुपर्ने भएकाले खासै कुरा भएन। उहाँहरूसँग माइक थियो। हामीसँग त्यो पनि थिएन। त्यसमाथि चौबीसै घण्टा हावा लाग्ने डाँडामा कुरा गर्न पनि सहज अवस्था थिएन।”

चिनियाँ पक्षले भनेको दुई देशबीचको सीमा ती भवन बनेको ठाउँबाट नेपालतर्फ एक किलोमिटर रहेको जनाएको थियो।

सीमा अध्ययन टोलीका अनुसार नाम्खा गाउँपालिका वार्ड नम्बर ६ लालुङ्जोङमा रहेको उक्त स्थानमा चीनले केही वर्षअघि दुईवटा भवनहरू बनाएको थियो। ईँटबाट बनेका प्लास्टर गरिएका भवनहरू त्यतिकै छाडिएको भए पनि यो वर्ष ११ वटा भवन बनाएर पर्खाल लगाएको र सोलार पनि जडान गरेको पाइएको अध्ययन टोलीले जनाएको छ।।

तामाङले आफूले चिनियाँ प्रहरीलाई सैनिक राख्न भवन बनाइएको हो वा होइन भनेर सोधेको र त्यसको जबाफमा एक तिब्बती मूलका प्रहरीले व्यापारिक प्रयोजनका लागि ती भवन बनाइएको जानकारी दिएको उल्लेख गरे।

चिनियाँ पक्षले भवन बनाएको स्थानसम्म पुगेको प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोलीमा नेपाली सेनाका सात जना र सशस्त्र प्रहरीका १४ जना सहभागी थिए।

राष्ट्रिय स्तरबाटै समाधान खोज्नुपर्नेमा जोड
प्रमुख जिल्ला अधिकारी गिरीले स्थलगत अध्ययनको प्रतिवेदन केन्द्रमा पठाउने र राष्ट्रिय स्तरबाटै समाधान खोज्नु पर्ने आशयको धारणा राखेको गाउँपलिका अध्यक्ष तामाङ बताउँछन्।

सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो।

सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एउटा टोली उक्त स्थानमा गएको थियो

अध्यक्ष तामाङले भने, “मेरो विचारमा हामीले ११ नम्बरको पिलर रहेको स्थान पत्ता लगाउन सक्यौँ भने उनीहरूले पनि र हामीले पनि गलत दाबी गर्ने ठाउँ रहँदैन। हाम्रो स्तरबाट यो समाधान हुने देखिँदैन। यो विषय राष्ट्रिय स्तरबाट हेर्नुपर्छ। हामी त स्थलगत प्रतिवेदन पठाउने मात्रै हो।”

नाम्खा गाउँपालिकाको सीमा चीनसँग जोडिएपनि त्यहाँ सरकारको उपस्थिति शून्य रहेको र सुरक्षा चौकी बनाउन पटकपटक सरकारसँग आफूले माग गरेको तामाङले बताए।

हाल चिनियाँ पक्षले भवनहरू बनाएको वडा नम्बर ६ मा तीनवटा गाउँहरू भए पनि ती चिनियाँ सीमाभन्दा टाढा छन्। झन्डै डेढ सय घरधुरी रहेको उक्त क्षेत्रबाट ‘टिपर’ चढेर चीनसँगको सीमामा पुग्न तीन घण्टा लाग्ने बताइन्छ।

उत्तर र पश्चिम दिशामा तिब्बततर्फ सीमा रहेको नाम्खा वडा नम्बर ६ मा जाङ, हल्जी र तिल गाउँहरू छन्। उक्त वडाको केन्द्र हल्जी हुम्ला सदरमुकामबाट ५० कोस टाढा छ।

यसअघि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल नेतृत्वको टोलीले स्थलगत भ्रमणका क्रममा उक्त स्थानमा चिनियाँ पक्षले भवनहरू बनाएको फेला पारेको थिए।

त्यसपछि प्रमुख जिल्ला अधिकारीसहित चारै सुरक्षा निकायका प्रतिनिधिहरू उक्त क्षेत्रको स्थलगत अध्ययनमा गएको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बीबीसीलाई बताएका थिए।

चिनियाँ पक्षले ती भवनहरूको निर्माणलाई लिएर उठिरहेका प्रश्नहरूबारे हालसम्म प्रतिक्रिया जनाएको छैन।

यसअघि गएको जुन महिनामा एउटा प्रतिवेदनलाई उद्धृत गर्दै नेपाल र चीनबीच सीमा विवाद रहेका विवरणहरू सार्वजनिक भएपछि नेपालको परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको थियो।

मन्त्रालयले त्यसबेला नेपाल र चीनबीच सन् १९६१ अक्टोबरमा भएको सीमा सम्झौता र त्यसपछि हस्ताक्षर गरिएका प्रोटोकलका आधारमा सीमा निर्धारण गरिएको र कुनै विवाद आए दुई देशले आपसी सल्लाहका आधारमा त्यसलाई समाधान गर्ने बताएका थिए।बिबिसी

Tags: सिमा विवाद

Discussion about this post

Related Posts

१४९ वटा जातहरुलाई मधेशी को रुपमा परिभाषित गर्न सिफारिस

सर्लाहीको मलंगवा घटना अनुगमनको लागि मधेशी आयोगले पठायो उच्चस्तरीय अनुगमन टोली

महोत्तरीको गौशाला बजारमा दिनदिहाडै एक वृद्ध दम्पतीको साढे छ लाख लुटियो

महोत्तरीको गौशाला बजारमा दिनदिहाडै एक वृद्ध दम्पतीको साढे छ लाख लुटियो

राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय लाहानको नवनिर्मित भवन उद्दघाटन कार्यक्रम सम्पन्न

राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय लाहानको नवनिर्मित भवन उद्दघाटन कार्यक्रम सम्पन्न

मधेश प्रदेश : जब र्जस्ती क रणी गर्न आएका पुरुष किशोरीको प्रतिकारमा मारिए, प क्राउ परेकी किशोरीमाथि प्रहरीको या तना

प्रेमी भेट्न आएकी युवतीलाई बैंकका एक कर्मचारीद्वारा बला त्कार प्रयास

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा डुबेर एक बालकको मृ त्यु

जनकपुरधामा स्थित बौद्धी माता र अन्नपूर्णा अमरखाना माताको पूजाका लागि श्रीराम युवा कमिटीद्वारा उपसमिति चयन

जनकपुरधामा स्थित बौद्धी माता र अन्नपूर्णा अमरखाना माताको पूजाका लागि श्रीराम युवा कमिटीद्वारा उपसमिति चयन

विज्ञापन संयोजकमा दीपक

विज्ञापन संयोजकमा दीपक

आज सुर्यदेवको दर्शन गरि २०८० साल भदौ १० गते आइतबारको राशिफल हेर्नुहोस

आज सुर्य देवको दर्शन संगै २०८० साल असोज ७ गते आइतबार को राशिफल हेर्नुहोस

राजदेवी पूजा भव्यता एवं हर्सोउल्लासका साथ मनाउन विभिन्न समिति चयन, मूल पूजा संयोजकमा राजा भगत

राजदेवी पूजा भव्यता एवं हर्सोउल्लासका साथ मनाउन विभिन्न समिति चयन, मूल पूजा संयोजकमा राजा भगत

जनकपुर जेसिजको जेसिज सप्ताह सम्पन्न

जनकपुर जेसिजको जेसिस सप्ताह सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि