जनकपुरधाम। देशका अधिकांश भूभागमा आज बाट ४ दिन सम्म हावाहुरि सहित को ठूलो वर्षा हुने मौमस पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
विभागले आइतबार जारी गरेको विशेष मौसम बुलेटिन अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र पश्चिम उत्तर-पश्चिम तर्फ सर्ने क्रममा आगामि ४-५ दिन(२१ सेप्टेम्बर राती देखि २५ सेप्टेम्बर) नेपालका धेरै स्थानमा मेघगर्जन र चट्टयाङसहितको वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको जानकारी दिएको हो ।
नेपालको धेरै स्थानमा मेघगर्जन/चट्टयाङ सहितको वर्षा तथा केहि स्थानमा भारी देखि धेरै भारी वर्षा हुनका साथै हावाहुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।













Discussion about this post