कैलाली।कैलालीको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायले कार्यालयमै कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेका घटना बाहिर आएको छ।घटना बाहिर आएपछि प्रहरीले कैलालीको जोशीपुर गाउँपालिकामा प्रशासकीय अधिकृत भानुभक्त उपाध्याय पक्राउ गरेको छ ।
२४ वर्षीया एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा उपाध्यायलाई इलाका प्रहरी कार्यालय भजनीको टोलीले पक्राउ गरेको कैलालीका डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।
ती महिलाले उपाध्यायविरुद्ध जाहेरी दिएकी थिइन् । उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको डीएसपी विष्टले बताए । उपाध्यायविरुद्ध बलात्कार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post