जनकपुर।संविधान दिवसको अवसरमा जनता समाजवादी पार्टीले जनकपुरमा कालो दिवस मनाएका छन् । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा कालो झण्डा सहित प्रदर्शन गरि कालो दिवस मनाइएको हो ।
जनकचोकबाट सुरु भएको र्याली जनकपुरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकपुरको जनकचोकमा गएर कोणसभामा परिणत भएको थियो । जुलुसमा प्रदेश २ भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल, जसपाका संघीय साँसद उमाशंकर अरगरिया, प्रदेश साँसद रामअशिष यादब, प्रमेश्वर साह लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए ।
संविधानमा रहेका त्रुटिपूर्ण प्रावधानहरु संशोधन नगरेसम्म संविधानलाई नस्वीकार्ने तथा असोज ३ गतेलाई कालो दिनको रुपमा मनाइरहने उनीहरुले बताएका छन् ।२०७२ साल असोज ३ मा संविधान जारी भयो। सोही वर्षदेखि मधेसी दल तथा जनता असोज ३ लाई कालो दिनको रुपमा मनाउदै आएको छ ।
Discussion about this post