एजेन्सी।यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट शनिबारदेखि यूएईमा सुरु हुँदै छ । भारतमा कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि यस संस्करणको आइपिएल केही ढिलागरी भएपनि यूएईमा खेलाइने तय भएको थियो ।तर युएईमा अत्यधिक गर्मी खेलाडीहरुलाई नयाँ चुनौती बनेको छ।अधिकांश खेलहरु सञ्चालन हुँदा मैदानमा तापक्रम ४० डिग्रीको आसपासमा रहने भएपछि खेलाडीहरु समस्यामा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सको सामना गर्दै छ ।
मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।
रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईबीचको पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।
Discussion about this post