महेश सिंह, सिरहा। सिरहाको लहानमा गणेश मान सिंहको २३ औं स्मृति दिवस सिरहाको लहानमा सम्पन्न भएको छ । बिपी कोइराला युवा नेतृत्व बिकास मंच जिल्ला कार्यसमिति सिरहाको अध्यक्ष मुकेश कुमार महतोको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रमको प्रमुख अतीथि नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति अक्षमित लाल चौधरी रहनु भएको थियो ।
लहान नगरपालिका वडा नम्बर ३ स्थित अबस्थित रहेको लहान अस्पताल भित्र भर्ना भएको बिरामीहरुलाई फलफुल वितरण गरेर गणेश मान सिंहको २३ औं स्मृति दिवस मनाएका छन्।बिरामीहरुको शारीरिक कमजोरीको मध्य नजर गर्दै अस्पतालका ५० जना बिरामीहरुलाई फलफूल वितरण गरेर स्मृति दिवस मनाएका छन्।मानव शरीरमा पौस्टिक तत्व कमिको कारणले गर्दा मानिसहरु दर्जनौं रोगका शिकार खेपनु परेको छ्।
मानव जिवित प्राणि भए पनि जिबनमा खान पानको कारणले गर्दा रोगी हुनेगरेका एक तथ्यांकले देखाको छ।कार्यक्रममा सहभागी नेताहरुमा काङ्ग्रेसका लहान नगर अध्यक्ष सुनिल महतो,काङ्ग्रेसका पुर्व नगर अध्यक्ष महेश प्रसाद चौधरी ,नेपाल महिला संघकी केन्द्रिय सदस्य संगिता कर्माचार्य,महासमिति सदस्य राम गणेश दास, राम कुमार स्मारक अस्पतालका पुर्व अध्यक्ष तथा बुद्धि जिबि फुलेश्वर महतो,लहान नगरपालिका वडा नम्बर १९ का अध्यक्षको प्रत्याशी कमरुदिन राईन, लहान ६ का अध्यक्ष अरुण केसी,नेबि संघको निबर्तमान केन्द्रिय सदस्य संजय यादव,विद्यार्थी नेता तथा नेपाल विद्यार्थी संघका जिल्ला सभापति शितल प्रसाद चौधरी,राम कृष्ण यादव ,कपिल कुशवाहा ,संजिप महतो,पपु यादव,पनालाल दास,रमन यादव,ओम प्रकाश चौधरी,राजेश महतो,सरोज चौधरी ,ईन्द्र नारायण चौधरी लगायतका नेताहरुको सहभागिता रहेको
थियो।
नेपाली काङ्ग्रेसको नेता तथा स्व्च्छ छबिको राजनीति कर्मि एंव समाज बादको चिनतन बौद्धिक कर्मि स्वर्गीय गणेश मान सिंहको स्मृति दिवस मनाएका छ्न । समाज बादका नेता सिंहका सयौं इतिहासहरु उल्लेख छन् ।
Discussion about this post