महोत्तरी।महोत्तरीमा झण्डै डेढ महिनादेखि लगाइएको निषेधाज्ञा हिजो बाट हटाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञा हटाएको हो ।जिल्ला प्रशासन कार्यालय महोत्तरीले साउन १५ गतेदेखि जिल्लाभरि निषेधाज्ञा लगाएको थियो ।
निषेधाज्ञा हटेसँगै आज(बिहीबार) जनजीवन पनि सामान्य बन्दै गएको छ । निषेधाज्ञा हटाएको भएपनि कोरोना भाइरसबाट जोगिन सरकारले जारी गरेका निर्देशन र सूचनाको पूर्णरूपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अनुरोध गरेका छन् ।
Discussion about this post