जनकपुर।भारतको पटनास्थित हाजीपुर स्टेसनमा राखिएको जनकपुर–जयनगर चल्ने रेल भोली जनकपुर आइपुग्ने भएको छ । त्यहाँबाट भोली मध्यान्ह १२ बजेसम्म जनकपुर आइपुग्ने रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए।
रेललाई स्वागत गर्न महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार र यातायात मन्त्रालयको टोली जनकपुर आउँदैछन् ।रेल परीक्षणका क्रममा जनकपुर आइपुग्न लागेको भएपनि संचालन कहिलेदेखि गर्ने समय तोकिएको छैन ।
Discussion about this post