काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नरेन्द्र मोदीको आज ७० औं शुभकामना व्यक्त गरेका छन् । उनले समाजिक सञ्जालमार्फत शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताएका छन् ।
समकक्षी मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’
Discussion about this post