पर्सा। पर्साको पोखरिया नगरपालिकामा बुवाले छुरा प्रहार गरि छोराको हत्या गरेका छन् ।
नगरपालिकाको वडा नं. ६ श्रीसियाका स्थानीय ७० वर्षीय लक्ष्मी साहले सोमबार राति ८ बजेतिर प्रहार गरेको छुराले ३५ वर्षीय छोरा माधो साहको ज्यान गएको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गर्ने लक्ष्मी साहलाइ इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्दकुमार सिंहले बताए ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका माधोको उपचारका लागि वीरगञ्ज लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गर्ने बुवा लक्ष्मी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुवा र छोराबीच सोमवार दिउँसो विवाद भएको स्थानीयले बताएका छन् । लक्ष्मी साहलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको छ ।
Discussion about this post