nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भोकले आत्महत्या ,शव उठाउने खर्च भएन ,सामाजिक संस्थाको सहयोगमा दाह संस्कार

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २७, २०७७, ८:१४ मध्यान्ह
भोकले आत्महत्या ,शव उठाउने खर्च भएन ,सामाजिक संस्थाको सहयोगमा दाह संस्कार

सुरेश बिडारी,वीरगञ्ज । वीरगञ्ज-३१ बेल्वामा ३० वर्षीय सतन माझीले बिहीबार विष सेवन गरे । मध्यान्न १२ बजेतिर उपचारका लागि इन्डो नेपाल हस्पिटल प्रालिमा लगियो । तर, स्वास्थ्यमा सुधार आएन, शुक्रबार बिहानै मृत्यु भयो ।दलित मुसहर माझी समुदायका उनको परिवारसँग अस्पताललाई तिर्ने पैसा थिएन ।

सतन माझीको परिवारसँग जग्गा जमिन सम्पत्ति केही छैन । सतन वीरगञ्ज- ३१ बेल्वास्थित ससुरालीमा बस्दै आएका थिए । ससुरालीमा भएको फुसको घर पनि अर्काको जमिनमा बनेको छ ।

लकडाउनअघि उनी धान काट्नेलगायतका ज्याला मजदुरीको काम गर्थे । लकडाउनपछि उनले काम पाउन छोडे ।काम नपाएपछि उनले जंगलमा गएर दाउरा ल्याउन थालेका थिए । प्रहरीको आँखा छलेर दाउरा ल्याएर बिक्री गर्थे ।

दैनिक मजदुरी गरेर आउने रकमले परिवारको जीविका चल्दै आएको थियो । त्यो नै बन्द भएपछि घरमा कलह पनि बढ्दै गयो । बेलुका मात्र थोरै रक्सी पिउनेे सतनले दाउरा बेचेर आएको पैसाले बिहानैदेखि रक्सी पिउन थाले ।श्रीमती रवितादेवी श्रीमानको पाराले हैरान थिइन् ।

बिहीबार बिहान पनि सतन दाउरा बेच्न गएका थिए, रक्सी खाएर आएछन् । ‘रक्सी खाएर आएका रहेछन्, चामल सकिएको छ भनेर पैसा मागेकी थिएँ । उल्टै रिसाएर गाली गरे ।’ श्रीमती रवितादेवीले भनिन् ‘पछि जंगलतिर गएका थिए, विष खाएछन् । अस्पताल लगे पनि बचाउन सकेनौं ।’

रवितादेवीका अनुसार तीन महिनादेखि दिनहुँ अलिकति चामल किनेर घरमा भात पाक्न थालेको थियो । किन्न नसकेको दिन घरमा चुल्हो बल्दैनथ्यो । कहिलेकाँही वरपर पैचो माग्ोर पनि गुजारा चलाइएको थियो ।

‘पहिलेदेखि नै पैसा हुँदा खाना पाक्ने, नभए नपाक्ने हुन्थ्योे,’ रविताले भनिन् ‘अब त घरमा चामल दाल केही छैन, कमाउने मान्छे पनि छैन । के गर्ने, समझमै आइरहेको छैन ।’

सनतको कदमले परिवार पूरै शोकमा डुबेको छ । सतनकी आमा लक्ष्मीनिया देवीका अनुसार पछिल्लो दिनमा सतनले कसैले भनेको नमान्ने र रक्सी धेरै खाने गरेका थिए । ‘उसैले कमाउँथ्यो र त घर चलिरहेको थियो ।’ आमाले भनिन् ‘अब त कसरी गुजारा चलाउने ?’

सतनका एक छोरा र एक छोरी छन् । बाबुले आत्महत्याको बाटो रोजेपछि उनीहरुको भविष्य थप अन्योलमा परेको छ ।

सामाजिक संस्थाको सहयोगमा दाह संस्कार

आर्थिक अवस्था कमजोर भएकाले सतन शव उठाउन नसकेको जानकारी पाएपछि भाइजान अफ वीरगञ्जका अध्यक्ष नौसाद अन्सारीले मानवीय हिसाबले सहयोग गरेको अनलाइनखबरलाई बताए ।

सामाजिक कामका लागि गठन भएको युवा समूह भाइजान अफ वीरगञ्जले मृतकका परिवारलाई सहयोग गर्‍यो । ‘आर्थिक अवस्था कमजोर छ के गर्ने भनेर इन्डो अस्पतालका अधिकारीसँग छलफल गर्‍यौं । उनीहरुले अस्पतालमा लाग्ने सबै शुल्क मिनाहा गरिदिए ।’

उनले भने ‘शव परिवारले लैजानुअघि नारायणी अस्पतालमा पोष्टमार्टम गर्नुपर्ने रहेछ । आवश्यक प्रक्रिया सबै पूरा गरेर पोष्टमार्टम गरायौं । शव एम्बुलेन्समा राखेर वडा अध्यक्षसँग समन्वय गरेर घर पठाइदियौं ।’

साभार-अनलाईन खबर

Discussion about this post

Related Posts

धनुषा क्षेत्र नं. २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाद्वारा औरही गाउँपालिकामा घरदैलो सम्पन्न

धनुषा क्षेत्र नं. २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाद्वारा औरही गाउँपालिकामा घरदैलो सम्पन्न

भगवान शिवपार्वतीको बिवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञ सुरु

भगवान शिवपार्वतीको बिवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञ सुरु

जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने

जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने

जनमत पार्टी परित्याग गर्दै राजकुमार सहित दर्जनौं नेताहरु आजपामा प्रवेश

जनमत पार्टी परित्याग गर्दै राजकुमार सहित दर्जनौं नेताहरु आजपामा प्रवेश

धनुषा–२ मा अरगरियाको घरदैलो अभियान तीव्र

धनुषा–२ मा अरगरियाको घरदैलो अभियान तीव्र

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

काठमाडौं फर्किएलगत्तै घोषणापत्र फाइनल गर्न व्यस्त ओली

काठमाडौं फर्किएलगत्तै घोषणापत्र फाइनल गर्न व्यस्त ओली

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

आज विश्व रेडियो दिवस मनाइँदै

आज विश्व रेडियो दिवस मनाइँदै

जनकपुरधाममा डल्फिन पाईप एन्ड फिटिङ्सको ‘प्लम्बर मिट’ भव्य रूपमा सम्पन्न

जनकपुरधाममा डल्फिन पाईप एन्ड फिटिङ्सको ‘प्लम्बर मिट’ भव्य रूपमा सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!