जनकपुरधाम । जनकपुरधाम उपमहानगर २० रुपैठामा शनिवार दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ।
दुबै पक्षबीचको झडप उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।
उनका अनुसार एक व्यक्तिले मोहरम पर्व मनाउन मुस्लिम समुदायले बनाएको ‘दाहा’को तस्विर सामाजिक संजालमा अपशब्द प्रयोग गरी शेयर गरेकाले विवाद हुंदै आएको थियो । अहिले घटनास्थलमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।दुबै पक्षका मानिस तितरबितर भएर अहिले अवस्था नियन्त्रणमा रहेको डीएसपी मिश्रको भनाइ छ ।
Discussion about this post