सप्तरी ।राजविराज नगरपालिकामा चोरी भएको समान सहित चारजनालाई प्रहरीले मंगलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
राजविराज नगरपालिका वडा नं. ७ स्थित गुदरी लाइनको एक पसलबाट चोरिएको सामानसहित चार जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको हो । पसलमा जडान गरिएको सीसीटिभीको फुटेजको मद्दतले चोरी भएको सामानसहित राजविराज नगरपालिका वडा नं. ६ बस्ने सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योती कुमारी मण्डल सहनी, राजविराज नगरपालिका वडा नं. ४ का समिम अन्सारी र रुपनी गाउँपालिका वडा नं. ४ का लालमहमद राइनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
राजविराज नगररपालिका वडा नं. ७ गुदरीलाइन स्थित ओमप्रकाश साहको दुई तल्ले पक्की घरमा रहेको गणेश स्टोर किराना पसलमा चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । भदौ २१ गते राती पसलमा चोरी भएको थियो । पक्राउ परेकाहरुको बयानको आधारमा विभिन्न स्थानबाट रिचार्ज कार्ड र नगद गरी ४ लाख ९ हजार ३ सय ४५ रुपैयाँ बरामद गरेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए।
भदौ २२ गते बिहान उक्त किराना पसलमा खोल्दा १ लाख ५० हजार रुपैयाँ बराबरका रिचार्ज कार्ड र नगद गरी ४ लाख रुपैयाँ चोरी भएको सूचना पाएलगतै प्रहरी अनुसन्धानमा सक्रिय भएको प्रहरी उपरीक्षक धमलाले किराना पसलमा जडान गरिएको सीसीटिभी फुटेजका आधारमा चोरीमा संलग्नहरुको पहिचान गरी उनीहरुलाई पक्राउ गरेको बताए ।
यता चोरीको आरोपमा पक्राउ परेका सैनी पसलभित्र पसेर चोरी गरेको र उनकी बहिनी ज्योतीले चोरेर ल्याएको नगदसहित सामग्री आफैले सञ्चालन गरेको ज्योती मदिरा पसलमा जानी जानी लुकाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ ।
Discussion about this post