काठमाडौं । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्रोल को मूल्य लिटरमा २ रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।
भारतबाट मूल्य बढेर आएकोले नेपालमा पनि मङ्गलबार रातिदेखि लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको नेपाल आयल निगम प्रवक्ता विनितमणि उपाध्यायले बताएका छ्न । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।
हेर्नुहोस निगम द्वारा प्रेस विज्ञप्ति
Discussion about this post