सप्तरी । सप्तरीमा एक १४ वर्षीया बालिका पोखरीमा डुवेको ७ घण्टापछि पनि जिवितै फर्किएको घटनाले स्थानीयहरुरुलाई अच्चमित पारेको छ । घटना हो, बलान विहुल गाउँपालिका–६ स्थित रौतहट टोलको ।
विहिवार साँझ सवा ५ तिर कमलको फूल टिप्न पोखरीमा पसेको सोही ठाउँकी मुनचुन कुमारी दास पानीमा डुवेर वेपत्ता भइन् । सँगै गएकी अन्य बालिकाहरुले मुनचुन डेबेको हेरेपछि गाउँलेलाई खबर गरे । सोही लगत्तै स्थानीयहरुले खोजी थाले र प्रहरीलाई खबर गरे । प्रहरी र स्थानीय मिलेर २–३ घण्टासम्म खोजी गर्दा समेत बालिका कत्तै पनि भेटिएन् ।
‘स्थानीय र हामी मिलेर २–३ घण्टा खोजी गरे। तर बालिका कत्तै पनि भेटिएन’ प्रहरी चौकी रामनगर कोदरकट्टीका प्रहरी सहायक निरीक्षक राम विनय सिंहले भने । राति १२ बज्नै लागेपछि स्थानीयहरु पनि हरेस खाएर घरतर्फ लाग्न सुरु गरे । पोखरीको डिलमा पुगेका झण्डै ५ सय मानिस पालैपालो घरतर्फ हिड्न थाले पनि ।
१२ बजेर २० मिनेट जाँदा पोखरीको डिलबाटै आवाज सुनियो । ‘ममी…ममी…ममी…..’ घरतर्फ लागेका सवै फर्किए र आवास आएको स्थानतर्फ लागे । डिलमै रहेको कदमको रुख मुनी वालिका रुदै गरेको अवस्थामा भेटिएपछि सवै चकित भए ।
वडाअध्यक्ष सुर्य नारायण दासका अनुसार बडकी पोखरीको नामले परिचित सो पोखरीमा पूर्वकालदेखि नै जनआस्थासँग जोडिएको छ । ‘२२ विघा क्षेत्रफलमा रहेको पोखरीको डिलमा रहेको मन्दिरको पुजारी लुचाई दाससँग जोडिएका धेरै जनआस्था छन्’ उनले भने–‘यो पोखरीमा नुहाउने व्यक्तिलाई लुतो, चर्मरोग जस्ता छाला रोगहरु निको हुने जनविश्वास छ ।’
गाउँपालका वाड नम्बर ६ का अध्यक्ष सुर्य नरायण दासले पूर्वकाल देखीनै यो पोखरी माथि स्थानियहरुको धार्मिक आस्था रहदै आएकोले पोखलाई संरक्षण र पर्यटकिय स्थल बनाउनका लागि संघ र प्रदेश सरकार समक्ष गुहार लाउदै आएको बताए ।उनले यो पोखरी हाल २२ विघाको क्षेत्रफलमा रहेको र पोखरीको छेउमा धर्म संग जोडिएका ३ वटा पोखरी समेत रहेको बताए । प्रत्येक बैशाखको १ गते पोखरीको डिलमाथि धार्मिक मेला लाग्दैआएको उनले बताए।
हेर्नुहोस भिडियो
Discussion about this post