जनकपुरधाम।स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ७९ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या ९ हजार ६ सय २० जना पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा धनुषामा १९, सर्लाही र महोत्तरीमा १३-१३, सप्तरीमा ६, बारामा ५, सिरहामा २ र पर्सामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सबैको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा। कमलेश प्रसाद यादवले जानकारी दिए ।
आज यस प्रदेशमा २२ महिला सहित १ सय ५२ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन् । यस सँगै कोरोनाबाट ठिक हुनेको संख्या ४ हजार ६ सय ४८ पुगेको छ ।
आज कोरोनाबाट ५ जनाको मृत्यु भएको हो । यस सँगै मृत्यु हुनेको संख्या ७७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस डिटेल
Discussion about this post