सिरहा,जेठ १६ गते।कोरोना सङ्क्रमणबाट सिरहामा पछिल्लो दुाईदिनमा थप ९ जनाको ज्यान गएको छ । सङ्क्रमणभई देशका विभिन्न अस्पतालमा उपचाररत ७ पुरुष र २ महिला सहित ९ जनाको ज्यान गएको हो ।
कल्यानपुर नपा ५ र ७ का क्रमशः ४६ र ४९ वर्षिय, लहान २२ का ५४ र ४० वर्षिय, धनगढीमाई नपा १० का ६० वर्षिय, मिचैया नपा ११ का ५३ वर्षिय पुरुष र २ महिला सहित ९ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । उनीहरुको सिरहा, जनकपुर, विराटनगर र धरानका अस्पतालहरुमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । दोस्रो लहर सुरुभएयता जिल्लामा यो सहित जम्मा ७१ जनाले ज्यान गुमाईसकेका छन् ।














Discussion about this post