महोत्तरी । महोत्तरीमा कोरोनाभाइरस संक्रमण भएका थप २ जनाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका ५ का ७५ वर्षीय पुरुष र बलबा नगरपालिका ३ का ७७ वर्षीय पुरूषको कोरोनाकै कारण मृत्यू भएको हो ।
मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । क्यान्सर रोगी उनमा कोरोना संक्रमण पोजेटिभ पाइएपछि जलेश्वरस्थित आइसोलेशनमा लगिँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै अर्का मृतक बलवा नगरपालिका वडा नम्बर ३ बस्ने ६६ वर्षीय पुरुष रहेका छन् । उनको ढाडमा लामो समयदेखि समस्या थियो ।उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । योसँगै कोरोनाले महोत्तरीमा मृत्यू हुनेको संख्या ४ पुगेको छ ।
Discussion about this post