जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका ९ पीडारी चोकमा रहेको एक पोखरी (गोरधई) मा मृत अवस्थामा एक युवकको शव भेटिएको छ ।
धनुषा प्रहरी दिएको जानकारी अनुसार मृतक सर्लाही घर भई हाल जमकपुर ९ शंकटमोचन मन्दिर छेउ डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय युवक अविनाश कर्ण हुन ।प्रहरीका अनुसार युवकको केही महीनादेखि मानसिक सन्तुलन बिग्रेको र उपचार समेत भई रहेको थियो ।मृतक युवक घरबाट भागेर जनकपुर आई बसेको कुरा उनकै आफ्न्तले प्रहरीलाई बताएका छन् ।
पोखरीमा युवकलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले उनको शव पोखरीबाट निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ ।
मृतक युवकका बुबा प्रहरी सम्पर्कमा आई सकेको र कानून अनुसार मुचुल्का उठाई शव परिवारलाई बुझाउने कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ । मृत्युबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको धनुषा प्रहरीले जनाएको छ ।
Discussion about this post