सप्तरी। जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको जिल्लाका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, जिल्ला संकट व्यवस्थापन केन्द्रका पदाधिकारीको संयुक्त बैठकले गरेको सिफारिसको आधारमा भदौ १५ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
सप्तरी जिल्लामा कोरोनाको बढदै गएको र सक्रिय संक्रमितको संख्या २ सय भन्दा बढी रहेकोले संक्रमण फैलिन नदिनका पुनः समय थपिएको उनले बताए ।सप्तरीमा साउन २० गते देखि नै निषेधाज्ञा लगाइएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आजसम्म सप्तरीमा ९७ महिला र ५८६ पुरुष गरी कुल ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये तीन जनाको मृत्यु भएको छ । बाँकी संक्रमितमध्ये ४८ महिला र ४१२ पुरुष गरी कुल ४६० जना निको भएर घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले बताए ।
निषेधाज्ञा अवधिमा अतिआवश्यक बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाइएको छ । अहिले कोरोनाको हटस्पट बनिसकेको प्रदेश २ को सबै जिल्ला बन्द रहेको छ । यहाँ ७ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
Discussion about this post