जकपुधरधाम।कोरोना जेखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार राति १२ बजेदेखि भाद्र ७ गते राति १२ बजेसम्मको लागि लकडाउन घोषणा गरेको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६।३ बमोजिम जिल्ला भरि लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई द्वारा जारी गरको सूचनामा बिहान ११ बजेसम्म भने पसल व्यवसाय मास्क, ग्लोब्स, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गरि र समाजिक दुरी मेन्टन गरि संचालन गर्न पाउने भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरमा कोरोना जोखिम बढेपछि गएको साउन १९ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो ।दोस्रो पट्क पुनः साउन २५ गतेसम्म निषेधाज्ञा थप गरेको थियो । तर जिल्ला भरि नै कोरोना जोखिम बढेपछि प्रशासनले आइतबार रातिदेखि जिल्ला भरि नै एकसाताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
Discussion about this post