जनकपुर।नेपाली कांग्रेस क्षिरेश्वरनाथ नगर समितिले धनुषाको महेन्द्रनगरमा प्रर्दशन गरेको छ ।आगो लगाएर गाई मारेको अभियोगमा आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाली कांग्रेस क्षिरेश्वरनाथ नगर समितिले प्रदर्शन गरेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडी नै कांग्रेस कार्यकर्ताहरुले झुठा मुद्दा खारेज गर, निर्दोषलाई फसाउन मिल्दैन, प्रहरी प्रशासन मुर्दावाद जस्ता प्लेकार्ड सहित नारा लगाएका हुन् ।आफ्ना दुई कार्यकर्तामाथि चलाएको मुद्दा फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
साउन २४ गते राति धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ महेन्द्रनगरस्थित नेकपा नेतृ पल्टीदेवी यादवको घरमा आगलगी भएको थियो । आगलगीमा एक गाई, १ बाछा र १ बाछी जलेर मरे । घरमा आगो लगाएर गाइ र बाछा-बाछी मारेको भन्दै नेतृ यादवले दुई कांग्रेस कार्यकर्तामाथि मुद्दा दर्ता गराएकी हुन् ।
उक्त घटनामा आफ्नो कार्यकर्ताको संलग्न नरहेको भन्दै कांग्रेसले पक्राउ परेकालाई रिहा गरी सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही गर्नुपर्ने प्रहरीसंग माग गरेका छन् ।
Discussion about this post