nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राम जन्मभूमि अयोध्यापुरीको अध्ययन अघि बढाउन आग्रह

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २४, २०७७, २:१५ मध्यान्ह
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राम जन्मभूमि अयोध्यापुरीको अध्ययन अघि बढाउन आग्रह

रासस-
काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्यापुरीको अध्ययन अघि बढाउन आग्रह गरेका छन् ।चितवनको माडी नगरपालिका(९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई शुक्रबार टेलिफोन गरेर प्रधानमन्त्री ओलीले अयोध्यापुरीको अध्ययन नरोक्न आग्रह गरेका हुन् ।

‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ?’ प्रधानमन्त्री ओलीले टेलिफोनमा भनेको विषय उद्धृत गर्दै वडाध्यक्ष सुवेदीले भने, ‘भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ। तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुप¥यो ।’

प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको दाबी गरेको सुवेदीले जानकारी दिए। ‘प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ,’ उनले भने ।

हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिनेसमेत बताएका छन्। ‘पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ’, सुवेदीले भने। हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पथ्र्यो ।

यसैबीच प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेटवार्ताका लागि आज बालुवाटार बोलाएका छन् ।

माडी नगरपालिका प्रमुख ठाकुर ढकालले प्रधानमन्त्री ओलीले शनिबार भेटघाटका लागि बोलाएको जानकारी दिए। ढकालका अनुसार वडाध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेलसहितको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ जाँदै छ। ढकालले भने, ‘आज दिउँसो प्रधानमन्त्रीज्यूलाई भेट्ने कार्यक्रम छ ।’

प्रधानमन्त्रीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिएका थिए। माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ । रासस

Discussion about this post

Related Posts

शहीद दुर्गानन्द झाको सालिकमाथि चप्पल प्रहार गर्ने व्यक्ति पक्राउ

शहीद दुर्गानन्द झाको सालिकमाथि चप्पल प्रहार गर्ने व्यक्ति पक्राउ

सत्य निरूपण तथा वेपत्ता छानबिन आयोग खारेजको माग, द्धन्द्धपीडितको आक्रोशः ‘झोले आयोग’ भन्दै राजनीतिक भागबन्डाको आरोप

सत्य निरूपण तथा वेपत्ता छानबिन आयोग खारेजको माग, द्धन्द्धपीडितको आक्रोशः ‘झोले आयोग’ भन्दै राजनीतिक भागबन्डाको आरोप

सिरहामा दलित मानव अधिकार र युपिआर विषयक एकदिने कार्यक्रम सम्पन्न

सिरहामा दलित मानव अधिकार र युपिआर विषयक एकदिने कार्यक्रम सम्पन्न

जनकपुरधाममा “विद्याश्रम बहस” सम्पन्न, स्थानीय तह योजनामा युवाको भूमिका विषयमा गहन छलफल

जनकपुरधाममा “विद्याश्रम बहस” सम्पन्न, स्थानीय तह योजनामा युवाको भूमिका विषयमा गहन छलफल

भारतबाट उद्धार गरिएका पाँच नेपाली नागरिकलाई माईती नेपालले लगायो परिवारको जिम्मा

भारतबाट उद्धार गरिएका पाँच नेपाली नागरिकलाई माईती नेपालले लगायो परिवारको जिम्मा

श्रममन्त्री भण्डारी र मलेसियाका मानव संशाधनमन्त्रीबीच द्धिपक्षीय भेट, श्रमका द्धिपक्षीय हितका बिषयमा छलफल केन्द्रीत

श्रममन्त्री भण्डारी र मलेसियाका मानव संशाधनमन्त्रीबीच द्धिपक्षीय भेट, श्रमका द्धिपक्षीय हितका बिषयमा छलफल केन्द्रीत

जनकपुरधाममा “ट्राफिक सप्ताह २०८२” सम्पन्न

जनकपुरधाममा “ट्राफिक सप्ताह २०८२” सम्पन्न

जनकपुरधाम र वीरगञ्जमा “मधेस टुरिजम मिट २०२५” हुँदै, पर्यटन प्रवर्द्धनमा केन्द्रित कार्यक्रमको तयारी तीव्र

जनकपुरधाम र वीरगञ्जमा “मधेस टुरिजम मिट २०२५” हुँदै, पर्यटन प्रवर्द्धनमा केन्द्रित कार्यक्रमको तयारी तीव्र

मधेसको शिक्षामा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री सिंह

मधेसको शिक्षामा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री सिंह

राजर्षि जनक विश्वविद्यालयको दिक्षान्त समारोह सम्पन्न

राजर्षि जनक विश्वविद्यालयको दिक्षान्त समारोह सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!