सिराहा। कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश नम्बर-२ को सिरहाका मिर्चैया नगरपालिकामा बिहीवार ( आज) बिहानदेखि निषेधाज्ञा जारी भएको छ ।नगरपालिकाले हाललाई २१ गतेदेखि ३२ साउनसम्म १० दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको नगरपालिका का नगर प्रमुख श्रवण यादवले बताए ।
नगरपालिका भरी लागू गरिएको निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्यवस्तु खरिद, पेट्रोलियम पदार्थ खरिदजस्ता अत्यावश्यक कामका बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने यादवले जानकारी दिएको छ।
Discussion about this post