काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै कुल संक्रमितको संख्या १२३०९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १३६ जना कोरोनामुक्त भएका छन् ।यससँगै देशभर कोरोनाबाट निको हुनेको जम्मा संख्या २,८३४ पुगेको छ ।
त्यसगरी पछिल्लो २४ घण्टामा कैलालीको गोदावरी नगरपालिका–७ घर भइ चितवनमा उपचार गराइरहेका ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । यससँगै देशभर कोरोना पोजिटिभ देखिएका २८ जनाको मृत्यु भएको छ ।
त्यस्तै देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित देखिएका छन् । पछिल्लोपटक रसुवा जिल्लाका ९ जनामा संक्रमण देखिएको हो ।शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २,६९८ पुगेको छ। मृतक २७ जनामा कोरोनाभाइरस देखिएको छ।त्यस्तै देशभरका ७७ वटै जिल्लामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यसअघि लामाे समयसम्म रसुवा जिल्लामा काेराेना संक्रमण देखिएकाे थिएन ।
Discussion about this post