काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै कुल संक्रमितको संख्या ११७५५ पुगेको छ ।
आज थप भएका मोरङका २ जना, झापाका ४ जना, सुनसरीका १० जना, धनुषाका १५ जना, महोत्तरीका ४ जना, सिराहाका ६ जना, अछामका १ जना, बैतडीका २५ जना, बझाङका ९ जना, बाजुराका २७ जना, दार्चुलाका ३ जना, बाराका २ जना, डोटीका ४६ जना, गोरखाका ६ जना, कैलालीका २१ जना, कंचनपुरका ४२ जना, कपिलवस्तुका २१ जना, रौतहटका ६१ जना, सल्यानका ४ जना, नवलपरासी पूर्वका २३ जना, नुवाकोटका १ जना, काठमाडौका ३ जना, चितवनका १२ जना, गुल्मीका २३ जना, सिन्धुलिका ६ जना, कास्कीका १ जना, लमजुङका ६ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका १ जना, अर्घाखाँचीका ३ जना, पाल्पाका ७६ जना, नवलपरासीका १ जना, रुपन्देहीका ६ जना, दाङका ७५ जना, प्युठानका २० जना, दैलेखका ५ जना, जाजरकोटका २ जना, मुगुका १ जना, सुर्खेतका १२ जना र जुम्लाका ३ जना हुन् ।
शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २,६९८ पुगेको छ।
मृतक २७ जनामा कोरोनाभाइरस देखिएको छ।रसुवाबाहेकका सबै ७६ जिल्लामा कोरोना देखिएको छ।
Discussion about this post