महेश सिंह, सिरहा।सांसद तथा पार्टीबाट निष्कासन गरिएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई भारत प्रवेशमा रोक लगाईएको छ । उनी मंगलवार सिरहाको ठाड़ी नाका हुँदै भारत प्रवेश गर्न खोज्दा उनलाई नाका नजिकै रोकिएको छ ।सिमा सुरक्षामा खटीएका नेपाली सुरक्षाकर्मीले भारत प्रवेश गर्नबाट रोकेर लगाउँदै नेपाल तर्फ फर्काइदिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिमा सुरक्षामा खटीएका सुरक्षा स्रोतका अनुसार भारत तर्फ प्रवेश गर्न गिरीले निकै प्रयास गरेपनि सफल नभएपछि लाहानतर्फ फर्किएकी थिइन् ।
चालक र गाडीसहित गिरी मंगलवार दिउँसो तीन बजे सिराहाको मुख्य नाका ठाड़ीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा अनुमति रहेको भन्दै सुरक्षाकर्मीले फर्काएको थियो ।
गिरीको ससुराली घर सिरहाको लहान नगरपालिका १४ स्थित बस्तीपुरमा रहेको र माइती घर भारत तर्फ रहेको छ। गिरी नाकामा रोकिएपछि लाहान फर्किएकी थिइन् ।
नेपालको नयाँ नक्शासहितको निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर गिरी विवादमा आएकी थिइन् । उनले प्रस्तावबारे मतदान पनि गरिनन् । गिरीले लिपुलेक नेपालको होइन भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी थिइन् । यसरी राष्ट्रघाती अभिव्यक्ति दिइएको भन्दै सांसद तथा जनता समाजवादी पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गरिएको श्रोतले जानकारी दिएका छन् ।
Discussion about this post