काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ हजार नाघेको छ । शुक्रबार थप ४४८ जनामा कोरोना पुष्टि भएको छ ।। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५ जना, दैलेखका ३८ जना, धादिङका २९ जना, स्याङ्जाका २२ जना, सप्तरीका १७ जना, रुपन्देही १६ जना महोत्तरी १६ जना, धनुषामा १५ जना,बर्दियामा १५ जना, झापा १३ जना,पर्वतमा १३ जना, सिराहाका ११ जना, सुनसरीका १० जनामा,चितवन ८ जना र दाङमा ८ जना, नवलपुरका ५ जना, कपिवलस्तुका ४ जना, उदयपुर३ जना, मोरङका ३ जना, नवलपरासीमा २ जना प्युठानमा २ जना, अर्घाखाँची २ जना काठमाडौंमा १ जना, नुवाकोटमा १ जना, बारा १ जना, गुल्मीमा १ जना,पाल्पामा १ जना, इलाममा १ जना, तनहुँमा १ जना र बाँकेमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । उनीहरु मध्ये १६ जनाको मृत्यु भएको छ भने ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
Discussion about this post