काठमाडौं ।कोरोना भाइरसको संकमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।जेठ २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।उनी भारतबाट आएर पूर्वखोला -२ जल्पा क्वरेन्टाइनमा बसेका थिए भने स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो। अस्पतालमा भर्ना भए पछि मृत्यु भएको हो। मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । स्वाब परीक्षण पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमन बाट मृत्यु हुनेको संख्या १० पुगेको छ।
Discussion about this post