nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राष्ट्रीयताको बिषयमा बर्षाको बारम्बारको गल्ती

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १४, २०७७, १२:५४ बिहान
Barsha-Raut

काठमाडौं : जब राष्ट्रियताको कुरा आउँछ तब संसारभर रहेका नेपालीहरुको एउटै आवाज हुने गर्छ । नेपालको राष्ट्रियताको सवालमा नेपाली जनता कसैले पनि कुनै पनि दिन सम्झौता गरेका छैनन् । अहिले पनि देशलाई दुखेको छ । असल मित्र बन्न खोज्ने छिमेकी देश भारतले कालापानी-लिम्पियाधुरा-लिपुलेखमा रहेको नेपालको भुमि मिचेर आफ्नो स्वार्थ पुरा गर्न भौतिक विकास गरिरहेको छ ।

भारतले आफ्नो देशका नागरिक तिब्बतको धार्मिकस्थल मानसरोवर जानको लागी अति नै महत्वपूर्ण मानेको तथा चीनसँगको व्यापारको सजिलो नाकाको रुपमा विकास गर्न खोजेको लिपुलेख नेपालको हो तर केहि समय अगाडी भारतले मनोमानी रुपमा एकतर्फी आफ्नो देशो नक्सा सार्वजनिक गरी भारतमा नै रहेको दावी गर्यो । उसले दावी मात्र गरेन अहिले सडक नै नेपाली भूमिमाथी बनायो । यहि बीचमा नेपालले उक्त भूभाग सहितको जमिन आफ्नो रहेको भन्दै लिम्पियाधुर-लिपुलेख-कालापानी सहितको नक्सा जारी गरेको छ । नक्सा जारी गरेपछि निद हराम भएका भारतीय मिडियाले एक-दुई दिन कोकोहोलो गर्न नयाँ बिषय पाए । नक्सा जारी भएपछि भारतीय चलचित्रबाट नाम कमाएकी अभिनेत्री मनिषा कोईरालाले नेपालको समर्थन गर्दै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीट शेयर गरिन् जसबाट भारतमा अर्को हलचल पैदा भयो । फेरी भारतिय मिडियाले मनिषाको खेदो खन्न थाले । उनलाई चीनसँग जोडेर समेत हेरियो, कारण थियो तीन देशहरु चीन, नेपाल र भारतले वार्ता गर्नुपर्ने भनाई । मनिषालाई ‘भारतको खाने, चीनको गीत गाउने’ समेत भनियो ।

यहि बीचमा लकडाउनमा घरमै बसेका नेपाली नायिकाहरु बर्षा राउत र प्रियंका कार्कीको एक अनलाइन अन्तरवार्ता मिडियाको भिडियो च्यानलमा प्रशारण भयो । उक्त अन्तरवार्तामा प्रियंकाले देशको सिमाना मिचिएको बारे आफुले अध्ययन गरिरहेको बताएकी छन् तर बर्षाले भने राष्ट्रियताको बिषयमा संवेदना गुमाउन पुगिन् । उनले सीमा विवादले भारतका साथीहरुसँग ‘फेस’ गर्न गाह्रो भएको बताईन् । त्यो भनाई सम्पादन बीना नै मिडियामा प्रशारण भयो । जब दर्शकले उनको भनाई सुने तब उनिमाथी प्रहार शुरु भयो । ‘बर्षा लैजा लिम्पियाधुरा ले’ जस्ता प्रतिक्रिया हुँदै बर्षा भारतकै भएको समेत टीप्पणी उनकै दर्शकले गरे ।

दर्शकका टीप्पणीबाट एकाएक तनावमा फसेकी उनले एउटा लामो माफीनामा लेखिन् र त्यसलाई सामाजिक संजालहरुमा पोस्ट गरिन् । कतिले माफीलाई ठिकै भने, कतिले नाटक मात्र भने । राष्ट्रियताको प्रसंगमा संवेदनहिन भएपछि एउता माफीले मात्र दर्शकले मान्ने कुरै थिएन । उनको माफीलाई वास्ता नगरी उनिमाथी लागातार प्रहार भईनैरह्यो । सोही बीचमा उनको एक भिडियो अन्तरवार्ता सार्वजनिक भयो, जहाँ पत्रकार ऋषी धमलाले अन्तरवार्ता लिएका छन् ।

उक्त अन्तरवार्तामा पुन: बर्षाले उस्तै प्रकृतीको गल्ती दोहोर्याइन । उनले विदेशमा रहने नेपालीहरुको गज्जबले चित्त दुखाइन् । अन्तरवार्तामा उनले भनेकी छन्, ‘यदि मलाई देशको माया हुने थिएन भने म विदेशमा गएर काम गर्थेँ, नेपालमा हुने थिइन’ । उनको भनाईले विदेशमा रहेर विभिन्न पेशा व्यावसाय गर्ने नेपालीहरुको चित्त दुख्यो । यसप्रती चित्त दुखाउँदै अमेरिकामा रहेका कलाकारहरु, निर्देशकहरु, पत्रकारहरु तथा सर्वसाधारणले टीप्पणी गरे ।

केहि बर्षदेखी अमेरिका बस्दै आएका फिल्मीखबर डटकमका सम्पादक सुमन गैरेले लेखे, ‘एक जना अभिनेत्रीका अनुसार आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ रे ! उहाँ भन्नुहुन्छ, ‘म देशलाई माया गर्छु त्यसैले म विदेशको पिआर लिएको छैन’ । तपाईंको देश प्रतिको कर्तव्य र योगदान हेर्ने हो भने विदेशमा रहने नेपालीको भन्दा न्यून छ । म जस्तै प्रवासमा रहने नेपालीहरूलाई देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र ? देशमा जुनसुकै विपत्ती आइपर्दा विदेशमा बस्ने नेपालीहरू नै एक भएर अगाडि बढेका उदाहरण धेरै छन् । कृपया ! खोक्रो राष्ट्रवाद नदेखाउनुस् । जय देश ! जय नेपाल !’ । उनको यो टीप्पणी एउटा उदाहरण मात्र हो ।

मनिषाले पनि काम त भारतमै गरेकी हुन् । नेपालका लाखौँ जनताहरु विदेशमा काम गर्छन्\बस्छन् तर कुनै पनि नेपालीले राष्ट्रियताको मामलामा आफुलाई कमजोर बनाएका छैनन् । मनिषाले कर्म भारतमा गरेतापनि उनको मातृभुमी नेपाल हो, त्यसैले उनले नेपाल र नेपालीको हितमा मात्र बोलिन् । मातृभुमीको रक्षा नै उनले आफ्नो प्रमूख कर्तव्य ठानिन् । राष्ट्रियताको अगाडी फ्यानको माया फिक्का नै हुन्छ । राष्ट्रभक्त कलाकारले त्यो बुझ्नु जरुरी छ ।

बर्षाले नेपालको पत्रकारहरु माथी पनि अन्तरवार्तामा प्रसंग निकालेकी छन् । एकअर्कामा फुट ल्याउन हात रहन्छ भनेकी छन्, यहि सीमा विवादको बिषयमा नेपाली जनतालाई नराम्रो छाप पारेका छन् भनेकी छन्, तर नेपाली संचारमाध्यमहरुले कहिल्यै पनि नेपालको राष्ट्रियतामा खलल पुग्ने तथा एक अर्कामा नियोजित फुट ल्याउने काम गरेका छैनन् । बरु राष्ट्रियता जोगाउन सबैभन्दा महत्वपूर्ण काम गरेका छन् ।

हरेक नागरिकले बोल्नु अगाडी सोच्नुपर्ने तीन महत्वपूर्ण र संवेदशिल कुराहरुमा राष्ट्रियता, धर्म र जातिय मुद्दा हुन् । यि तीनै मुद्दामा बोल्दा कुनै पनि हिसाबले गलत देखिन गयो भने त्यो गल्ती सच्याउन निकै सकस हुन्छ । राष्ट्रियताको बिषय सस्तो प्रचारको बिषय होईन । न्यू मिडियामा आउँदा संवेदनशिल हुनुपर्छ । नयाँ पुस्ताका कलाकारमा गाम्भिर्यताको अभाव देखिएको छ । जसको एक गतिलो उदाहरण बर्षा राउत बनिन् ।

बर्षालाई नेपाली सीमाना र यससँग जोडिएको विवादको इतिहास र यसको वर्तमानको बहुआयामबारे पटक्कै थाहा छैन भन्ने प्रष्ट हुन्छ । यो सँग जोडिएको देशभक्ति भावनाका पक्षहरुबारे पनि उनमा धेरै अल्पज्ञान देखिएको छ । कुटनीति, राजनीति र जनअपेक्षाका सीमा र चरित्र भेउ नपाएको विषयमा बोल्दै नबोल्नु राम्रो हो ।

त्यसैले, एउटा विवाद पछि त्यसबाट जोगिन अर्को गल्ती नगर बर्षा ! राष्ट्रियताको सन्दर्भमा बारम्बार संयमता नगुमाउ बर्षा !

Source: FilmyKhabar

Discussion about this post

Related Posts

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

बोट एउटाः आँपका जात दुई वटा

बोट एउटाः आँपका जात दुई वटा

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रास्वपा महाधिवेशन : राजनीतिसँगै पर्यटनको संगम बन्दै चितवन

रास्वपा महाधिवेशन : राजनीतिसँगै पर्यटनको संगम बन्दै चितवन

बाल अधिकार कार्यक्रम तथा अनुगमन विषयक दुईदिने तालिम सम्पन्न

बाल अधिकार कार्यक्रम तथा अनुगमन विषयक दुईदिने तालिम सम्पन्न

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!