एजेन्सी : बलिउड चर्चित निर्देशक करण जोहर आइसोलेसनमा भर्ना भएका छन् । उनि आफु केहि दिनका लागि आइसोलेसनमा बसेको ट्विटरमार्फत जानकारी गराएका छन् । उनको घरमा काम गर्ने दुई जनामा कोरोना संक्रमण देखिएपछि उनि १४ दिनका लागि आइसोलेसनमा बसेको भारतिय मिडियाले जनाएको छ ।
करण जोहरले १४ दिन आइसोलेसनमा बसेको विज्ञप्तिका लेखेका छन्, ‘उनले परिवारका सबै सदस्य र अन्य सहयोगीको परीक्षण गरीएको थियो, सबैको रिपोर्ट नेगेटिभ आएको छ, तर पनि हामी वरपरका मानिस सुरक्षित रहुन् भनेर १४ दिनसम्म अलग्गै रहनेछौं।’
Discussion about this post