nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुदूरपश्चिमका नयाँ सङ्क्रमित सबै बैतडीका

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ११, २०७७, ७:१५ बिहान
सुदूरपश्चिमका नयाँ सङ्क्रमित सबै बैतडीका

सुदूरपश्चिम : सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ । सङ्क्रमितमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन् । बाँकी नौ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् । शनिबार थप चार जनामा पुष्टि भएको हो भने शुक्रबार पाँच जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । शनिबार पुष्टि भएका सुदूरपश्चिमका सबै बैतडीका रहेका छन् । त्यसमा पनि सबै एउटै शिवनाथ गाउँपालिकाका रहेका जिल्ला अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएका सबै चार जना जेठ ८ गते भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै फर्किएका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । शिवनाथ गाउँपालिकाका २० वर्षीय दुई, २२ वर्षीय एक र २७ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै बैतडीमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । यसअघि शुक्रबार सङ्क्रमण पुष्टि भएका बैतडीका युवकको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । ती युवक कर्तव्य ज्यान मुद्दामा गएको वैशाख १५ देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए । यसअघि सुदूरपश्चिममा शुक्रबार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टिनमारहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।

उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना सङ्क्रमित फेला परेका थिए । धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । वैशाख १ गते लम्की चुहा नगरपालिका–१ की ६१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो । त्यसयता सुदूरपश्चिममा नयाँ सङ्क्रमित भेटिएका थिएनन् ।

सङ्क्रमित सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन

बैतडीका कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ४६ जनाको थ्रोट स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि धनगढी पठाइएको छ । जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दाको आरोपमा थुनामा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रहरी हिरासतमै रहेका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ती युवकसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत २२ प्रहरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारी, जिल्ला अदालतमा कार्यरत १२ कर्मचारी र जिल्ला अस्पतालका एक चिकित्सकको स्वाब सङ्कलन गरिएको उहाँले बताउनुभयो । यस्तै सङ्क्रमित युवक शिवनाथका भएकाले ती युवकको सम्पर्कमा आएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र उनका आफन्त गरेर २२ जनाको स्वाब सङ्कलनका लागि भिटीएम पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो । उनीहरुको स्वाब सङ्कलन गरेर भोलि धनगढी पठाइने छ । थुनामा रहेका युवकमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको स्वाब सङ्कलन गरिएको हो । ती युवक वैशाख १५ गतेदेखि प्रहरीको हिरासतमा रहेकाले प्रहरीको स्वाब सङ्कलन गरिएको हो भने वयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीको पनि स्वाब सङ्कलन गरिएको हो ।

गाउँमा त्रास बढ्यो

बैतडीको एकै पालिकाका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीयवासीमा कोरोनाको त्रास बढेको छ । भारतबाट फर्केकाहरुमा सङ्क्रमण पुष्टि भएकाले स्थानीयस्तरमा त्रास बढेको हो । अहिलेसम्म जिल्लाका पाँच जनामा कोरोना देखिएको र ती सबै शिवनाथ गाउँपालिकाका हुन् । शुक्रबार सङ्क्रमण पुष्टि भएका २२ वर्षीय युवक शिवनाथ गाउँपालिका–२ का हुन भने उनको स्वाब सङ्कलन गरेर बैतडीबाट धनगढी पठाएपछि कोरोना पुष्टि भएको हो । उनी अहिले जिल्ला अस्पतालको आइसोलेसन कक्षमा छन् । यस्तै शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका चार पनि बैतडीको शिवनाथ गाउँपालिकाकै हुन् ।

उनीहरु यसैसाता कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किएका हुन् । उनीहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो । शनिबार पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालमै राखिएको छ । सङ्क्रमित युवकहरु बैतडी नआए पनि उनीहरुसँगै रहेका धेरै युवक बैतडी भित्रिएका शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिनुभयो । शनिबारसम्म ४७५ जना शिवनाथका मात्रै भित्रिएका छन् । उनीहरु सङ्क्रमितसँगै भारतको मुम्बई, नासिकलगायतका ठाउँबाट बैतडी भित्रिएको बुझिएको छ । गौरीफान्टा नाकाबाट बैतडीका धेरै नागरिक बिनापरीक्षण जिल्ला भित्रिएका छन् भने शुक्रबार झुलाघाट नाकाबाट पनि बैतडीका १६२ बिनापरीक्षण जिल्ला भित्रिएका छन् । भारतबाट फर्केका नागरिकको परीक्षण नहुँदा कोरोनाको जोखिम बढ्दै गएको छ ।

Tags: कोरोना

Discussion about this post

Related Posts

संघीयता विरुद्ध गलत भाष्य बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री यादव

संघीयता विरुद्ध गलत भाष्य बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री यादव

जनकपुरधाममा लैङ्गिक न्यायमूलक पत्रकारिताबारे एकदिने कार्यशाला सम्पन्न

जनकपुरधाममा लैङ्गिक न्यायमूलक पत्रकारिताबारे एकदिने कार्यशाला सम्पन्न

श्यामप्रसाद साह ब्याहुत सेवा समिति (कलवार कुटी) को अध्यक्षमा निर्वाचित

श्यामप्रसाद साह ब्याहुत सेवा समिति (कलवार कुटी) को अध्यक्षमा निर्वाचित

जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

जनकपुरधाम स्थित जनक छात्रावासको ११ औँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम सम्पन्न

जनकपुरधाम स्थित जनक छात्रावासको ११ औँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम सम्पन्न

मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!