nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

घरघरमै इद मनाउने तयारी

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १०, २०७७, ३:३९ मध्यान्ह
घरघरमै इद मनाउने तयारी

महोत्तरी : इस्लाम धर्मावलम्बीको महान चाड रमदान (रमजान) महिना सकिनै लाग्दा महोत्तरीका बस्तीहरुमा इद–उल–फित्र (बोलीचालीमा इद) को तयारी देखिँदो छ ।

हिजरी संवत्को रमदान महिनाको दिनभरि कठोर रोजा व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमै मनाइने इदको तयारीमा देखिएका हुन् । महोत्तरीसहित मिथिला क्षेत्रमा सोमबार इद मनाउने तयारी छ । सरकारले भने आइतबार सार्वजनिक बिदा दिएको छ । फरक–फरक भूगोल विशेषमा इदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । चन्द्रमाको गतिका आधारमा तय गरिने इदपर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाइने इस्लाम परम्परा छ ।

सामान्यतया ३० दिन रोजा पूरा भएपछि मनाइने यो पर्व सोमबार मनाइने तयारी रहेको भङ्गाहा नगरपालिका–४ रामनगरका ८० वर्षीय हाजी (मक्का मदिना गएर विशेष धार्मिक विधिसम्पन्न गरेपछि इस्लाम परम्परामा नामको अगाडि थपिने उपाधि) बिहारी अन्सारीले बताउनुभयो । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट इद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ । अहिलेसम्म सोमबार इद मनाइने तयारी भए पनि मौलानाले एक दिनपूर्व नै मनाउन आह्वान गरे सोअनुसार हुने अन्सारीको भनाइ छ ।

इद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) अदा (अर्पण) गर्ने इस्लाम परम्परा छ । इदका दिन कुरान (मुख्य धार्मिक ग्रन्थ) मोल्वी (धर्मगुरु)ले वाचन गरेर सद्विचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने ख्वाउने चलन छ । पर्वका लागि मुस्लिम बस्तीमा अहिलेदेखि नै दूधसहितका सामग्रीको जोहोमा सबै तल्लीन देखिँदा छन् ।

पर्वमा बस्तीभित्रको मस्जिद (धार्मिक अनुष्ठानबाट पवित्र बनाइएको प्रार्थनास्थल) मा सबै पुरुष जम्मा भएर सामूहिक नमाज अदा गर्ने परम्परा भए पनि यसपालि लकडाउनले गर्दा घरघरै यो धार्मिक विधि सम्पन्न गरिने तयारी छ । इदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ (आफ्नो कमाइको २.५ प्रतिशत कोषमा बुझाउने रकम) दिने परम्परा छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् ।

महोत्तरीमा बसोबासको गणनाले मुस्लिम समुदाय तेस्रो ठूलो जनसङ्ख्या भएको समुदाय हो । जिल्लाका सबै १५ वटै स्थानीय तहमा मुस्लिम समुदायको सघन बसोबास रहेको छ ।

Source: रासस
Tags: कोरोना

Discussion about this post

Related Posts

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

जनकपुरधाममा निकालियो सद्भाव र्‍याली

जनकपुरधाममा निकालियो सद्भाव र्‍याली

जनकपुरधाममा आजदेखि राति १० बजेसम्म बजार सञ्चालन हुने

धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!