nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दैनिक भारतबाट भित्रिँदै : जिल्लामा त्रास बढ्दो

(रासस)

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ९, २०७७, १०:०७ बिहान
ghar farkidai

भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सारबाट बिहीबार स्वदेश फर्कदै गरेका नेपाली । बुधबार र बिहीबार गरी दुई हजार पाँच सय बढी नेपाली सो नाका भएर स्वदेश फर्किएका छन । तस्वीर : मीन ठकुरी/रासस

✍ पुरुषोत्तम थापा

दुल्लु : लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो । ती व्यक्तिमा कोरोना पुष्टि हुँदा उद्धार गरी ल्याइएका कति व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण छ भन्ने सबैको पिसिआर परीक्षण गरी नसक्दा सर्वसाधारण त्रसित बनिरहेको अवस्था छ । अहिले दिनहुँ सयौँ व्यक्तिलाई धमाधम उद्धार गरी कर्णाली प्रदेशमा भित्र्याउने काम तीव्रगतिमा भइरहेको छ ।

बिहीबार मात्र भारतको रूपडिया नाकाबाट आएका एक हजार ६७२ मध्ये दैलेखका ७२७ जना छन् । दैलेखका कोरोना सङ्क्रमित ती युवक कर्णाली प्रदेशकै पहिलो भएको पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नुपूर्व सयौँ व्यक्ति दैनिक आएका छन् । त्यस्तै दिनहुँ सयौँ व्यक्तिलाई उद्धार गरी ल्याउने क्रम रोकिएको छैन । भारतबाट पछिल्लो समय ल्याइएका व्यक्तिमा कोरोना पुष्टि हुँदा पनि सङ्क्रमण फैलिन नदिन कुनै ठोस सावधानी नअपनाइँदा सर्वसाधारणमा त्रास फैलिरहेको छ । कोरोना सङ्क्रमितको उपचार कहाँ र कसरी गर्ने भन्ने विषयमा ३८ घण्टासम्म छिनोफानो गर्न नसक्दा चिन्ता बढेको नेपाल बार एशोसिएसन दैलेखका अध्यक्ष माधव अधिकारीले बताउनुभयो ।

भएका क्वारेन्टिनम पनि न्यूनतम मापदण्ड नपु¥याइएका र सबै भरिभराउ छन् भने कतिपय दैलेखका ती युवकलाई सङ्क्रमण पुष्टि हुनुपूर्व नै हटाइसकेका छन् । उहाँले भन्नुभयो, “अब झन् कोरोना भुसझैँ सल्कने खतरा बढ्ने देखिन्छ । कोरोना पुष्टि भएको ३८ घण्टासम्म कहाँ उपचार गर्ने कसरी गर्ने भन्ने अन्योलमै बित्यो ।” कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल बुधबार दिनभर दैलेख आएर अन्तिममा सरस्वती माविमा निर्माण गरिएको आइसोलेशनमा उपचार गर्ने निष्कर्षसहित फर्किनुभयो । “हाम्रो सरकारको यो हालत छ । अब एक जनामा कोरोना देखिँदा त अवस्था कठिन भयो भने भोलि सयौँमा फैलिए कस्तो अवस्था आउला, समयमै होशियारपूर्वक रोकिएन के होला”, पत्रकार गोविन्द केसीले चिन्ता व्यक्त गर्नुभयो । आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमितको उपचार नभएको र प्रदेश सरकार उदासीन भएको आरोप लगाउनुभयो ।

कोरोना पुष्टि भएका युवकलाई ३८ घण्टासम्म आइसोलेशनमा सुरक्षितरूपमा उपचार गराउन नसक्नु र सयौँको सङ्ख्यामा भारतबाट उद्धार गरी ल्याइएका व्यक्ति जिल्लामा अव्यवस्थितरूपमा विनास्वास्थ्य परीक्षण र भावी योजनाविनै धमाधम पठाउनु कमजोरी भएको दैलेखबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पार्वती विसुन्केले बताउनुभयो । जिल्लामा व्यवस्थित आइसोलेशन भएको र अहिले सङ्क्रमितको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी अन्य श्यया पनि तयार हुँदैछन् । अब भारतबाट फर्किएकाहरुलाई स्थानीय सरकारले आफ्नै ठाउँमा रहेका क्वारेन्टाइनमा राख्नुपर्ने बताउँदै प्रजिअ कट्टेलले आवश्यक स्वास्थ्य परीक्षण सामग्री अभाव भए जिल्ला र प्रदेशसँग समन्वय गरी उच्च सतर्कता अपनाउन सके बाँकी सङ्क्रमण रोक्न सकिने बताउनुभयो ।

सङ्क्रमित व्यक्ति भारतबाट आएका र स्थानीय क्वारेन्टाइनमा राखिएका हुँदा दिनहुँजसो जिल्लाका मान्छे धमाधम उद्धार गरी ल्याउँदा सन्त्रास बढ्नु स्वाभाविक रहेको जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले बताउनुभयो । सबै स्थानीय तह गम्भीर भई सरकारले बनाएको मापदण्डलाई मानिदिने हो भने सङ्क्रमण फैलिनबाट रोक्न सकिने उहाँको बुझाइ छ ।

Source: (रासस)
Tags: कोरोना

Discussion about this post

Related Posts

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!