उमेश कुमार साह/सप्तरी/असार २४ गतेबोदे बर्साईन नगरपालिका वडा नम्बर ०९ स्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी सुभरनपट्टी बाट खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक टुकमान पछाईको कमान्डमा खटिएका गस्ती टोलिले डाक्नेश्वरी नगरपालिका–९ की पुनम साहको स्कुटर चोरेर भारततर्फ जाँदै गरेका सोही ठाउँका २६ वर्षीय जितेन्द्र सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश २–०१–००१ प ३७४० नम्बरको स्कुटर चोरेर जाँदै गरेका सरदारलाई बोदे बर्साइन नगरपालिका–९ स्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिए ।
उनका अनुसार सरदारले स्टाफ नर्स साहको घरको ग्रिल तोडी बुधबार राति स्कुटर चोरेर भारततर्फ जाँदै थिए । चोरिएको स्कुटरसहित पक्राउ परेका सरदारलाई नेपाल प्रहरीको जिम्मा लगाइएको बिष्टले बताए ।
पक्राउ गरिएको व्यक्ति र यामाहाको स्कुटर सहित थप अनुसन्धान तथा कारवाहीका लागि ईलाका प्रहरी कार्यलाई बोदे बर्साईनलाई भुझाएको सशस्त्र प्रहरी बोदे बर्साईनको प्रमुख प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिनुभएको छ।















Discussion about this post