उमेश कुमार साह/असार २१ गते।प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर २ जनकपुरधामले आयोजना गरेको पाँच दिने निःशुल्क भित्ते पत्रकारिता तालिम सोमबार सकिएको छ ।

प्रदेश नं. २ आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रम अध्यक्षता रोशनी यादवले गरेका थिए ।
उक्त तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवले तथ्यमा केन्द्रित भएर समाचार लेख्न आग्रह गरेका छन् । ‘पत्रकारिता भनेको सत्यको उजागर गर्ने कार्य हो,’ उनले भने, ‘तपाईहरुले तथ्यमा रहेर पत्रकारिता गर्नुभयो भने त्यसले राज्यलाई पनि ठूलो सहयोग पुर्याउनेछ ।’

विभिन्न तथ्यहरुको खोजी गर्न विभिन्न ठाउँहरुमा पुगेर बाहिर ल्याउनुपर्ने उनको धारणा थियो । ‘तथ्यको खोजी गर्न पत्रकारले अल्छी गर्नु हुँदैन त्यसका लागि तपाईहरु विभिन्न ठाउँमा पुग्नुपर्छ । सम्बन्धित ठाउँमा नपुग्दासम्म तथ्य बाहिर नआउन पनि सक्छ । त्यसका लागि ठाउँमै पुग्नुपर्छ ।’ पछिल्लो समय पत्रकारिताप्रति आकर्षण घटेकोमा दुख समेत व्यक्त गर्नुभएको थियो । यो क्षेत्र सम्मानित क्षेत्र भएकाले खटेर काम गर्न सक्ने हो भने विभिन्न अवसरहरु रहेको समेत उनले बताए । पछिल्लो समय पत्रकारिता क्षेत्र व्यावसायिक बन्दै गएको र यसले गर्दा समाज रुपान्तरणमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो ।
४० कार्यक्रममा जनाले प्रशिक्षण लिएका छन् । तालिमका सहभागीहरुले आफुले ५ दिनको समयमा पत्रकारिता सम्बन्धी धेरै कुराहरु सिकेको र आगामी दिनमा पत्रकारीता पेशामा आफु आबद्ध हुन चाहेको बताएका छन् ।
कार्यक्रममा प्रेस मंच सप्तरीका अध्यक्ष पत्रकार बृजमाग तामाङ , तालिम परिक्षक अनिल कर्ण,प्रशिक्षका सुधा देब लगायतको अतिथि तालिमको अनुभव सुनाएका थिए ।उक्त तालिममा प्रदेश २ का सप्तरी र धनुषा जिल्लाका प्रशिक्षार्थीहरूको सहभागीता थियो । तालिम महोत्तरीको बर्दिबासमा सम्पन्न भएकाछन् । यसैगरि सिरहा र महोत्तरीका भित्तेपत्रिकामा सहभागी धनुषाको क्षीरेश्वर नपा ०८ स्थित हारसारमा प्रशिक्षण दिइएका छन् । सो कार्यक्रममा ५० जना सहभागी रहेको आयोजक जनाएको छ।


















Discussion about this post