nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तकोशीमा बन्ने भयो नयाँ पुल

सजिलो पोस्ट सजिलो पोस्ट
असार १८, २०७८, ७:३८ मध्यान्ह
सप्तकोशीमा बन्ने भयो नयाँ पुल

Swollen Saptakoshi River after incessant rainfall at the Koshi Barrage in Saptari-Sunsari border, on Saturday, July 23, 2016. Photo: Byas Shankar Upadhyaya

सप्तरी/असार १८ गते।विराटनगर-पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको कोशी ब्यारेज छल्न वैकल्पिक सडक निर्माण हुने भएको छ । सुनसरीको पकली हुँदै कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको माथिल्लो क्षेत्रबाट सप्तरीको कञ्चनपुर जोड्नेगरी वैकल्पिक सडक बनाउन लागिएको हो ।

सञ्चालनमा रहेको कोसी ब्यारेज आयु समाप्त भएकाले नयाँ सडक निर्माण गर्न खोजिएको सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) का उपआयोजना निर्देशक राकेश महर्जनले जानकारी दिए ।

‘कोशी ब्यारेजको आयु समाप्त भइसकेको छ । कुनै पनि समय कोशीको बहावले ब्यारेजमा क्षति पुग्ने सम्भावना छ’, महर्जनले भने, ‘त्यसलाई न्यूनीकरण गर्न नयाँ सडक बनाउन खोजिएको हो । पूर्व-पश्चिम राजमार्गमा पर्ने कोशी ब्यारेज नेपाल भारतको सीमा नजिक क्षेत्र भएर अघि बढ्छ ।

सन् १९६२ मा कोलकाताको ‘जोसेफ एन्ड कम्पनी लिमिटेड’ कम्पनीले कोशी ब्यारेज निर्माण गरेको थियो । त्यससमय पुलको आयु ५० वर्ष तोकिएको थियो । पुल निर्माण भएको ५९ वर्ष पूरा भइसकेको छ । सञ्चालनमा रहेको कोसी ब्यारेजको खोलाको बहाव रोक्न तथा सिँचाइका लागि निर्माण भएको हो । तत्कालिन समयमा पनि कोशीमा नयाँ पुल निर्माण गरे अघि बढ्ने कि भन्ने विकल्पमा छलफल भएको थियो । पुल निर्माण गर्दा लागत बढ्ने र ब्यारेजमाथिबाट गाडी सञ्चालन गर्न सकिने विकल्प देखिएका पुल नबनाई ब्यारेज माथिबाट गाडी सञ्चालनमा ल्याइएको थियो ।

अहिले सरकारले कोशी ब्यारेजको विकल्पमा नयाँ सडक निर्माणमार्फत् कोशी नदीमा पुल निर्माण गर्ने तयारी शुरु गरेको हो । निर्देशनालयले कोशी ब्यारेज छल्न ४ लेनको नयाँ सडक प्रस्ताव गरेको छ । कोरियन परामर्शदाता केईसीसी र नेपाली परामर्शदाता स्वाइल टेष्टले तयार पारेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार वैकल्पक सडकको लम्बाई ४४ दशमलव २ किलोमिटर हुनेछ ।

यो नयाँ सडक सप्तरीको कञ्चनपुर हुँदै कालिन्चोक, रामपुर, बुद्धनगर, मानपुरजोरा, एकराही, तीनकुने, राजबास, कोशी, भागलपुर, गल्फेरिया, तपेश्वरी, त्रियुगा, मालेट, धरमपुर र सुनसरीको पकलीमा जोडिन्छ ।

यो सडकमा २८ सय ६० मिटरको कोशी पुल र २१५ मिटरको त्रियुगा पुलसहित ३४ वटा पुल पर्छन् । कोशी पुल निर्माण गर्न २१ अर्ब ७४ करोड रुपैयाँ र सडक निर्माण गर्न २० अर्ब ६३ करोड रुपैयाँ लाग्ने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ । सडक र पुलसहित आयोजना निर्माण गर्न करिब ३३ अर्ब १० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

तराई भुभागमा १०० किलोमिटर प्रति घण्टा र पहाडी क्षेत्रमा ६० किलोमिटर प्रति घण्टा सवारी गुड्न सक्नेगरी डिजाइन गरिएको छ । सुरुवात चरणमा वैकल्पिक सडक कोशी ब्यारेकको २ किलोमिटर माथिबाट निर्माण गर्ने योजना बनाइएको थियो । कोशी ब्यारेकको ठीकमाथि कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र पर्ने र यसका साथै पानीको बहाव रोक्न अर्को ब्यारेज निर्माण गर्नु पर्ने थियो ।

कोसी टप्पुको नजिकबाट सडक निर्माण गर्दा त्यहाँको वन्यजन्तुलाई असरपर्ने भएकाले उक्त विकल्पबाट पछि हटेको उनले बताए । लागत घटाउन तथा वन्यजन्तु संरक्षण गर्न आरक्षणभन्दा माथिल्लो क्षेत्रबाट सडक निर्माण गर्न लागिएको हो ।

साथै कोशी ब्यारेकको नजिकबाट सडक निर्माण गर्दा नदीमा ४ किलोमिटर लामो पुल निर्माण गर्नुपर्ने थियो । ब्यारेजका कारण नेपालतर्फको भूभागमा पानीको ठूला ताल निर्माण भएको छ । बर्षायाममा कोशीमा आउने बाढीको प्रभाव पनि यही क्षेत्रमा धेरै पर्नेगर्छ । बाढीका कारण सवारीसाधन आवगनमा बाधा नहोस् भन्न नयाँ विकल्पको खोजिगरिएको उनी बताउँछन् ।

कोशी वन्यजन्तु आरक्षणको माथिल्लो क्षेत्रबाट सडक लैजादा नयाँ ब्यारेज बनाउनु पर्दैन पुल मात्र बनाए पुग्छ । ब्यारेज सहितको पुल निर्माण गर्दा लाग्ने खर्च र पर्यावरण जोगाउन आरक्षणको माथिल्लो क्षेत्र उपयुक्त हुने देखिएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि