nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा-सिरहा जोड्ने कमला नदीको नवनिर्मित पुल भासियो

सजिलो पोस्ट सजिलो पोस्ट
असार १७, २०७८, ७:३७ मध्यान्ह
धनुषा-सिरहा जोड्ने कमला नदीको नवनिर्मित पुल भासियो

जनकपुरधाम, असार १७ गते । धनुषा र सिरहा जिल्लाको बीच सिमानामा रहेको कमला नदीमा बाढी आएपछि संचालनका लागि तयारी अवस्थामा रहेको कमला नदीको नवनिर्मित पुल भासिएको छ ।

बिहीबार नदीमा बाढी आएपछि पानीको सतह बढेको बेला पुल निमार्णको काम सम्पन्न भई संचालनको तयारी भइरहेको समयमा पुल भासिएपछि पुनः सो क्षेत्रका बासिन्दालाई समस्या भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिनुभयो ।

नदीमा बाढी आएको समयमा आज विहान पूर्वबाट पश्चिमको दोस्रो स्पान (पिलर) भासिएको उहाँले बताउनुभयो । लम्बाइ ४७० मिटर र चौडाइ औसतमा ९ मिटर रहेको सो नवनिर्मित पुलमा १३ वटा स्पान रहेको छ ।
जसमध्ये एउटा स्पानसहित एक फिट भासिएको उहाँले बताउनुभयो । उहाँले भनुभयो – ‘पुलको स्पान भासिनुको दुइटा कारण हुनसक्छ । पहिलो डिजाइन नै गलत भएको होला, दोस्रो डिजाइन अनुसार काम नै नभएको हुन सक्छ । यस विषयमा स्थलगत निरीक्षण गरी छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आजै प्रतिवेदन पनि बुझाइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरुमा पप्पुले मात्र काम गरको थियो । करिब ३५ प्रतिशत काम सकेका पप्पुले घाटा लाग्ने अवस्था देखेपछि सो कामबाट हात झिकेको थियो । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको थियो । भासिएको स्पान निर्माणको काम पप्पुले नै गराएको स्थानीयको भनाइ रहेको छ ।

प्रमुख जिल्ला अधिकारी कणेलका अनुसार लुम्बिनी बिल्डर्सले माथिको काम मात्र गराएको छ । पुलको निमार्ण ४२ महिनामा हुनुपर्ने थियो । तर झण्डै १० वर्षपछि पुलको निर्माण पुरा भएपछि नदीमा बाढी आएको बेला पुल भासिएको हो । पुल निर्माण भएमा धनुषा र सिरहाका स्थानीयलाई आवतजावत गर्न सहज हुने स्थानीयमा विश्वास जागेको बेला पुलको स्पान भासिएपछि स्थानीय बासिन्दामा पुनः निरासा छाएको छ ।

हुलाकी सडक अन्र्तगत पर्ने सो पुल निमार्णको काम हेर्ने जिम्मा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर, धनुषाको रहेको छ । भ्याटसहित २४ करोड ६२ लाख रुपियाँको लागतमा निर्माण भएको सो पुल के कारणले भासिएको हो भन्ने विषयमा छानविन हुने भन्दै हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर, धनुषाका प्रमुख कृष्णकुमार महतोले भासिएको ठाँउमा पुनः निमार्णको काम अगाडि बढ्ने बताउनुभयो ।

गोरखापत्र अनलाईन बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि