जलेश्वर, असार १४ गते । वर्षासँगै परेको चट्याङ्ग लागेर मनरासिस्वा नगरपालिकामा दुई जनाको ज्यान गएको छ ।
ज्यान जानेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय छन् ।
जिल्ला प्रहरी कार्यालयक महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा आज विहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै ज्यान गएको थियो ।














Discussion about this post