जनकपुरधाम,असार १३ गतेे। धनुषाको सबैलामा आफै चलाउने टिपरले किचिएको अवस्थामा चालकको शव फेला परेको छ ।
चालक उदयपुरको कटारी नगरपालिका वडा नं. २ बस्ने रत्नबहादुर तामाङ्का छोरा २८ वर्षीय विष्णु भनिने बुद्ध लामाको शव चक्काले किचिएको अवस्थामा भेटिएको हो ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर १० स्थित लवटोलिमा स १ ख ९०९ नम्बरको टिपरले किचिएको अवस्थामा बुद्धको शव फेला पारेका ईलाका प्रहरी कार्यालय सबैलाका निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।
टिपरको चक्का र बालुवाले टाउको छोपिएको अवस्थामा शव भेटिएको थियो । घटना शनिबार साँझ भएकाले घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी निरिक्षक सिग्देलले बताए ।
यता घटना हत्या जस्तै देखिएकाले सुक्ष्म अनुसन्धान गर्न नेकपा माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवालले माग गरेका छन् ।
उनले टिपरको स्टेरिङ्ग फिङ्गर प्रिन्ट गरायो भने घटना बारे रहस्य खुल्ने दावी गर्दै अध्यक्ष कटुवालले प्रहरीसँग सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् । उनले अनुसन्धान विना शव उठाउन नदिने समेत बताए ।














Discussion about this post