सिरहा,असार ९ गते।सिरहामा गुडिरहेको टिपरमा अचाानक आगो लागि जलेको छ । सिरहाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा नगरपालिका १० प्रयागपुरमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना १ क ५५५१ नम्बरको टिपरमा अचानक आगलागी भएको छ ।

उक्त टिपर बालुवा लोड गरि ढल्केबर तर्फबाट चोहर्वा जाँदै थियो ।
गुड्दै गरेको टिपरमा अचानक आगलागी भएपछि चालक हाम फालेर ज्यान जोगाएको स्थानीयबासिन्दाले जनाएका छन् ।
समयमा आगो निभाउन नसक्दा टिप्पर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बीच सडकमै जलेको टिप्पर हटाउने र घटना विषयबारे थप अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

















Discussion about this post