nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चुरेमा बादल देखिनासाथ राति बाढी आउने डरले कोही सुत्न सक्दैनन्

सजिलो पोस्ट सजिलो पोस्ट
असार ९, २०७८, ११:३१ बिहान
चुरे दोहनले रित्तिँदै पानीको भण्डार

महोत्तरी (रासस)/असार ९ गते।उत्तर फर्कँदा चुरे पहाडी शृङ्खलातिर कालो बादल मडारिएको देखेपछि महोत्तरीको भङ्गाहा–४ को पलारस्थित गरिब बस्तीमा कोही सुत्न सक्दैनन् । बाँतर जातिका अति विपन्न समुदायको बाहुल्य रहेको रातु नदी तटको यो बस्तीमा डाँडातिर बादल देखेपछि राति बाढी आउने डरले कोही सुत्न नसकेका हुन् ।

“हेर्नुस् हजुर, नदी बस्ती छेउमै आइपुगेको छ, शिर (नदी उद्गमस्थल, चुरे पहाड) तिर पानी परेजस्तो छ, अनि कसरी निदाउनु ?”, बस्तीका ६० वर्षीय रामदयाल सर्दारले भन्नुभयो । रातु नदीमा पूर्वपश्चिम राजमार्गमुनि बनेका तीन भँगालामध्ये माझको बहाव हुनेगरी तटबन्ध गरिएको छ । यही बहावको नदी तटमा रहेको पलार बस्ती नजिक तटबन्ध नहुँदा यहाँका बासिन्दालाई सधैँभरि बाढीको डर बनेको हो ।

“मास्तिर (भङ्गाहा–४ माथि बर्दिबास नपाक्षेत्र) र तलतिर (भङ्गाहा–१, २ र बलवा नपाक्षेत्र) रातुमा दुवै किनारामा तटबन्ध गरिएको छ”, सो बस्तीकी ७० वर्षीया पल्टी बाँतर भन्छन्, “हामी गरिब बसेको ठाउँ कसको नजर परोस र ।” गरिब र निमुखा भएकैले आफ्नो बस्ती बचाउबारे कुनै नेता र निकायको आँखा नपरेको पल्टीको गुनासो छ ।

करिब ३०÷३५ घरको गुजुमुज्ज यो बस्तीमा दुई÷तीन घर थारुबाहेक सबै बाँतर जातिका छन् । शिक्षा, स्वास्थ्य तथा सामाजिक सचेतनाले निकै पछि परेको यो बस्तीमा अहिलेसम्म प्रवेशिका (पहिलेको एसएलसी, अहिले माध्यमिक तह) उत्तीर्ण गरेका कोही छैनन् । शैक्षिक सत्रको प्रारम्भमा विद्यालय भर्ना कार्यक्रममा यहाँका केही बालबालिकाको नाउँ लेखिए पनि घरको गरिबीले ती विद्यालयमा टिक्दैनन् ।

आफ्नो यस्तै अवस्थाले उपेक्षित हुनुपरेको भन्नेचाहिँ अब यो बस्तीका अभिभावकलाई पर्ने गरेको छ । “हाम्रो बस्तीमा पढेलेखेका भनसुन गर्नसक्ने कोही भएनन्”, बस्तीका ४५ वर्षीय महेश सर्दार भन्छन्, “त्यसैले हाम्रो कतै सुनवाइ हुँदैन, अबचाहिँ दुःख खेपेर भए पनि नानीहरुको पढाइ नरोक्ने प्रण गरेका छौँ ।” आफ्ना नातिनातिना अब नियमित विद्यालय गइरहेका महेश बताउँछन् ।

बर्खा लाग्यो कि बाढीको त्रासले छुने यो बस्तीमा पछिल्लो कालमा केही वर्षयता नदीमा जथाभावी उत्खनन बढेपछि जोखिम बढ्दै गएको हो । पलार उत्तर बर्दिबास छुने सीमासम्म १५ भन्दा बढी क्रसर सञ्चालनमा छन् । अनियन्त्रित उत्खननले गर्दा नदीले बहाव फेर्दै बस्तीसम्म पुगेपछि यहाँ पहाडतिर पानी पर्नासाथ बाढीको डर बढेको भङ्गाहा–४ कै रामनगर बस्तीका सामाजिक, राजनीतिक कार्यकर्ता हरिदेव साह बताउँछन् ।

रातुको बाढीको जोखिम पलारसँगै भङ्गाहा–४ कै थारुटोल बनरा, टोका, भङ्गाहा–६ को जमुनियाँ, हतिसर्वा, पुर्वारीसग्रामपुर, भङ्गाहा–२ को बखरीमा पनि उच्च छ । पलारदेखि दक्षिण यसअघि नदी किनारमा निर्मित तटबन्ध २०७६ सालको बर्खे भेलले भत्काएपछि बखरी, सग्रामपुर, हतिसर्वा, भङ्गाहा–२ को सिङ्ग्याही, भङ्गाहा–१ को कविलाशा र बलवा नगरपालिकाका भगवतीपुर, लेउरी, भलनीसहितका बस्ती पनि बाढीको जोखिममा रहेका छन् । बाँधिएको तटबन्ध छेउबाटै बालुवा र ढुङ्गा उत्खनन गरिँदा बनेको खाल्डोले सानै बाढीमा पनि तटबन्ध खुकुलिएर भत्केको नेपाली कांग्रेस भङ्गाहा नगर समितिका सभापति रुपनारायण सिंह थारु बताउँछन् ।

“लाग्छ, नियमन गर्ने कुनै निकाय नै छैनन्, जथाभावी उत्खननले विपत्ति जोखिम बढाउँदो छ, नियन्त्रणको चासो सम्बद्ध निकायमा देखिँदैन”, सिंहले भने । नगर कार्यपालिका र वडा कार्यालयको सम्मति र स्वीकृतिबेगर क्रसर सञ्चालन गर्न नपाइने कानूनी प्रावधान भए पनि स्थानीय जनप्रतिनिधिमा यो चासोले प्राथमिकता नपाएको भङ्गाहाका सिंहसहितका राजनीतिक दलका अगुवा बताउँछन् ।

अहिले बस्ती÷बस्ती सखाप पार्नेगरी बढेको बाढीको जोखिमको निदान शिरदेखि नै बुझ्नु पर्ने भङ्गाहा–७ का बासिन्दा डा विजयकुमार सिंह बताउँछन् । चुरे विषयमै विद्यावारिधि गर्नुभएका सिंहले चुरे शृङ्खलामा बढेको अव्यवस्थित बसोबास, विकासका नाउँमा सडक विस्तार गर्न वैज्ञानिक अध्ययन बिनानै पहाड भत्काउने बढ्दो लहर, चुरे र नदीमा हुने निरन्तरको अनियन्त्रित उत्खनन, खोल्सी व्यवस्थापनमा देखिने उदासीनता र वन विनाश नै बाढी र पहिरोका मुख्य कारण बनेको बताए ।

“अहिले त केही बस्ती जोखिममा रहेका, केही घर बाढीले लगेका र केही जग्गा कटान भएका समस्या सुन्दैछौँ”, डा सिंहले भने, “चुरे पहाडी शृङ्खला, नदी र वनमा हुने लुछाचुँडी तत्काल नरोकिने हो भने सिङ्गो भावर कटान र मधेश डुबानमा पर्नेछ, यहाँका उब्जाउ जग्गा बालुबुर्ज मरुभूमिमा परिणत हुनेछन् ।” धेरैजसो केन्द्र र प्रदेश नीतिमा यी कुरामा भर गरे पनि सम्बन्धित स्थानीय तहको सङ्कल्प र प्रतिबद्धता भए धेरै कुरा ‘लिक’ मा आउने डा सिंहको विश्वास छ । यद्यपि यस भेगका धेरैजसो स्थानीय तहको नेतृत्व क्रसर सञ्चालककै वरिपरि देखिनाले तत्काल सकारात्मक कदमका लागि अब जनदवाब नै आवश्यक देखिएको डा सिंह बताउँछन् ।

यसैबीच चुरे शिखरसम्म भूगोल समेटिएको जिल्लाको एकमात्र बर्दिबास नगरपालिकाले अवैज्ञानिक र अनियन्त्रित उत्खनन हुने क्रम रोक्ने जनाएको छ । “विधि, प्रक्रिया र मापदण्ड नाघेर हुने÷भएका उत्खनन रोक्न हामीले निर्णय नै गरेर कारवाही अघि बढाएका छौँ”, नगरप्रमुख विदुरकुमार कार्कीले भने, “स्थानीय प्रहरी÷प्रशासनको साथ पाए जथाभावी उत्खनन रोक्न सकिने हाम्रो विश्वास छ ।”

नगरपालिकाले यस्तो प्रतिबद्धता जनाए पनि रातु नदी र नदीउकास क्षेत्रमा उत्खनन नरोकिएको यस भेगका बासिन्दा बताउँछन् । “खै यी खोला खन्ने ठेकेदार र क्रसर सञ्चालकको तारतम्य कताकता जोडिएको छ, बुझ्नै गा¥हो १”, बर्दिबास–१४ का बासिन्दा हरि दाहाल भन्छन्, “नगरप्रमुखले अनियन्त्रित उत्खनन रोक्ने प्रतिबद्धता जनाउनु भए पनि डोजर, एस्काभेटर चल्न छाडेका छैनन् ।” कागजले चेतावनी दिएर मात्र नभई अनियन्त्रित उत्खनन गर्नेलाई कारवाही प्रक्रियामै लगिए मात्र यो क्रम नियन्त्रण हुनसक्ने दाहालसहितका यस भेगका सर्वसाधारण बताउँछन् । जिल्लाका १५ स्थानीय तहमध्ये बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा क्रसर सञ्चालन हुँदै आएका छन् ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!