सिरहा,असार ८ गते। सिरहाका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ। लहान नपा ९ गोठका ५० वर्षिय जोगिन्दै साह र भगवानपुर गापा ५ का ४५ वर्षिय देव नारयाण यादवको आज सोमबार विहान करेन्ट लागेर ज्यान गएको हो ।
लहानका साह खेतमा कल गाड्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका थिए । उनलाई उपचारको लागि अस्पताल लानेक्रममा बाटोमै ज्यान भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि अस्पताल पुर्याएपनि उनको अस्पताल पुग्दा ज्यान गईसकेको थियो ।
त्यसैगरी, भगवानपुरका यादव घरको विद्युतिय मिटको तार जोड्त्रे क्रममा करेन्ट लागेर भाइते भएका थिए । उनको पनि उपचारको लाग अस्पताल लानेक्रममा ज्यान गएको लहान प्रहरीले जनाएको छ । उनीहरुको शव पोष्टमार्टम पनि परिवारले जिम्मा लिएका छन् ।

















Discussion about this post