विसुनदेव सरदार/सिराहा/असार ८ गते।सिरहाको दक्षिणी सीमावर्ती लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. १ पिप्रामा गाउँ चारै तर्फ एउटै किसिमको बोर्ड राखेको अवस्था छ।
पुर्व , पश्चिम , उत्तर , दक्षिण पिप्रा प्र.ध. को चारै भागमा एउटै बोर्ड राखेको अवस्था छ।यो काम पालिका अध्यक्ष रामवल्लव साह र पिप्रा प्रध को वडा अध्यक्ष मनिकलाल यादव को मिलेमतोमा भएको छ।
स्थानिय सरकार आएपछि पुर्व गाउँविकास समिति गाउँपालिकामा परिणत भएपछी आफ्नो किसिमका पहिचान राखेर सीमा नाकामा साइनबोर्ड राखेको अवस्था छ ।
लक्ष्मीपुर पतारी गाउँपालिका रूपान्तरित भएपछि सीमा नाका पिपरा हुनुपर्ने ठाउँमा महेशपुर राखी गैरजिम्मेवारी तवरले पिपरामा गाडिएको साईनबोर्डमा महेशपुर पतारी राखेर बोर्ड गाड़ीनु आफैमा लज्जास्पद विषय हुनुको साथै ठाउँको पहिचान गर्न नसक्ने गाउपालिका का प्रमुखले विकास प्रक्रिया कसरी अगाडि बढाउने होला ? वेलकम लेखेर किन्न सर्वसाधारणलाई चुतिया / बकुफ बनाउँदै स्थानीय सरकार ।
के यतिमात्र बाकीँ थियोे , दोधारमा राख्नेको बाटो ?
पिप्रा प्र.ध.को पुर्वमा पोखरभिण्डा , पश्चिममा बैशखा , उत्तरमा धनगडीमाई , दक्षिणमा पतारी छ , तर गाउँको चारै तर्फ महेशपुर लेखेको बोर्ड थाहा लगाउन सकिन्छ ।स्वागत गर्नुको सट्टा सर्वसाधारण तथा अन्यलाई दोधारमा नपार्न अनुरोध गरेका छन।यथाशीघ्र साइनबोर्ड सच्चयाएर राख्न अनुरोध ।गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामा मात्रै कारमा आउने जाने (आवतजावत )होइनन् काम पनि गर्न चेतना भया।

















Discussion about this post