सप्तरी, असार ६ गते ।सप्तरीमा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको ज्यान गएको छ ।सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर घाइते भएका सोही ठाउँका सञ्जीव लौगीको आइतबार ज्यान गएको हो ।
उनका दाजु सुरेन्द्र लौगी घाइते भएका छन् । घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ ।
दुवै दाजुभाइ स्थानीय बचाइ माझीको घरआँगनमा ट्युबवेल जडान गरिरहेका थिए । माथि झुण्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लागेको स्थानीय मिठु माझीले जानकारी दिए ।
करेन्ट लागेको थाहा पाएर छोडाउन गएका बचाइका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् ।
मृतकको शव पोस्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।-रासस















Discussion about this post