जनकपुरधाम,जेठ १४ गते।धनुषामा एक १७ वर्षीया युवतीमाथि युवाहरुको एक समुहले जबर्जस्ती करणीको प्रयास गरेको घटना बाहिरिएको छ ।सबैला नगरपालिका १२ रघुनाथपुर बस्ने तीन जना युवाको समूहले युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेको घटना बाहिरिएको हो ।चौरबाट घर आइएरहेको समयमा युवतीमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै प्रहरीमा उजुरी परेको हो ।
जेठ १२ गते दिउँसो चौरिबाट घर आइएरहेका बेला तिन युवा राजु पासमान, जितेन्द्र पासमान र अजित पासमान गाउँकै छिमेकीले जबर्जस्ती करणीको प्रयास गरेको पीडित युवतीको आरोप छ ।ती युवाहरुले जबर्जस्ती करणीको प्रयास गरेको गर्दै भिडियो समेत खिचेको पीडित युवतीले बताइन् ।
ती युवतीले तीनैजना विरुद्ध ईलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीनै युवाविरुद्ध उजुरी दर्ता गराएकी छन्।
घटनामा संलग्न तीनैजना युवाहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिए ।
पीडित युवतीका अनुसार घटना मिलाउन स्थानीय केही नेतालाई पटक पटक उनको परिवारलाई दबाब समेत दिएका छन् ।
पीडित पक्षलाई दवाव दिदै गाउँमै पञ्चायती तथा लेनदेन गरि घटना मिलाउने प्रयास भएको बताइएको छ ।
घटनाबारे जानकारी पाएका प्रहरी टोलीले पञ्चयतबाटै पीडित किशोरीलगायत पञ्चायतमा सलग्न ३र४ जनालाई लिएर इलाका प्रहरी कार्यालय सवैला प्रहरी गएका थिए ।














Discussion about this post