जनकपुरधाम ।दोस्रो लहरको कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आफ्नो नियमित सेवामा केहि फेरबदल गरि पालिकाहरुलाई दिन अनुसार पालैपालो सेवा दिने भएको छ ।
कोरोना संक्रमणको प्रभावकारी रोकथाम एवं नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट नियमित सेवाहरु सामाजिक दूरी कायम गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्डहरु अपनाई स्वास्थ्य मापदण्डको पालना गर्दै सेवा प्रवाहको ढाँचा भने परिवर्तन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आईतबार सबैला, नगराईन र गणेशमान चारनाथ नगरपालिका, सोमबार मिथिलाबिहारी, क्षीरेश्वरनाथ र धनुषाधाम नगरपालिका, मंगलबार मुखियापट्टी मुसहरनिया गाउँपालिका, मिथिला नगरपालिका र जनकनन्दनी गाउँपालिका, बुधबार लीमीनिया गाउँपालिका, हंसपुर नगरपालिका र बटेश्वर गाउँपालिका, बिहीबार औरही गाउँपालिका, शहीदनगर नगरपालिका, विदेह नगरपालिका र धनौजी गाउँपालिका तथा शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका सेवाग्राहीहरुलाई सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र राहदानी वितरण गर्ने जनाएको छ ।
त्यस्तै, आईतबारदेखि बुधबारसम्म संघ संस्था दर्ता तथा नविकरण एवं बिहीबार र शुक्रबार पत्रपत्रिका–छापाखाना दर्ता तथा विधान संशोधन सम्बन्धी कार्यहरु गरिने सहायक प्रमुख जिल्ला अधिकारी दीपक कर्णले जानकारी दिए । सेवा प्रवाहको ढाँचा बैशाख १२ गते आईतबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि लागू हुने बताइएको छ ।






















Discussion about this post