nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम सहित धनुषा जिल्लाभर भोलि देखि बिहान ७ देखि १० र बेलुका ४ देखि ७ बजेसम्म मात्र बजार खुल्ने

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ७, २०७८, ९:१७ मध्यान्ह
यसपाली दशैंमा धनुषा जिल्लाका शक्तिपिठ र मन्दिरहरुमा बोकाबली प्रदान नर्गन प्रशासनको निर्देशन(सूचना सहित)

जनकपुरधाम,बैशाख ७ गते। विश्वभरी फैलिँदै गईरहेको नयाँ भेरियन्ट सहितको कोरोना महामारीको नेपालमा समेत संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले धनुषामा पनि कडाई गरेको छ । संक्रमणको दोस्रो लहर सुरु भएसँगै धनुषामा पनि कडाई गरिएको हो ।

जिल्ला संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले सेवाग्राहीहरुको अत्यधिक भीडभाड हुने सरकारी कार्यालयहरुमा भीडभाड कम गरी संक्रमण जोखिम न्युनिकरण गर्न अनलाइन लगायतका अन्य वैकल्पिक प्रणालीको उपयोग गर्ने, स्थानीय तह अनुसार आलोपालो प्रणाली लागु गर्ने, नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

बैठकले जिल्लाको विभिन्न स्थानमा हुने र भईरहेको हाट बजारहरुमा अत्यधिक भीडभाड हुने हुँदा बजार केन्द्र भन्दा अलि खुल्ला स्थानमा मापदण्डको पालना गर्न लगाई समय तोकी बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्ने÷गराउने र सोको सम्बन्धित स्थानीय तह तथा प्रहरीले अनुगमन गर्ने भएका छन् ।

प्रादेशिक कोभिड–१९ प्रयोगशाला जनकपुरधाममा जनशक्तिको न्यूनता भएको कारण पिसिआर परिक्षणको दायरा बढाउन कठिन भएकोले थप जनशक्तिका लागि उक्त ल्याबबाट प्रस्ताव भएका अत्यावश्यक पदहरुको पूर्ति गरी परिक्षणलाई प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरिएको प्रजिअ वास्तोलाले बताए ।

विद्यालय, क्याम्पसलगायत शिक्षण संस्थाको सम्बन्धमा नेपाल सरकारको बैशाख ६ गतेको निर्णयमा आधारित भई संक्रमणको विद्यमान अवस्था र जोखिमको विश्लेषण गरी वैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्ने तथा परीक्षा सुरु भइसकेको अवस्थामा स्वास्थ्य मापदण्डको पालना गरी वैशाख १० गते भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने निर्णय भएको प्रजिअ बास्तोलाले बताए ।

धनुषाको स्थानीय तहको सीमानाका भारतसँग जोडिएको हुनाले सीमानाकामा अनिवार्य रुपमा हेल्प डेस्क स्थापना गरी संचालनमा ल्याउने तथा आवश्यकता अनुसार होल्डीङ सेन्टरको व्यवस्था गर्ने निर्णय भएको छ । साथै उपमहानगरपालिकालाई ३०, नगरपालिकालाई २० र गाउँपालिकालाई कम्तिमा १५ वटा आइसोलेशन बेड तथा क्वारेन्टिनको व्यवस्था गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वास्तोलाले जानकारी दिए ।

बैठकले गरिव, विपन्न, श्रमिक, मजदुर, ज्येष्ठ नागरिकलाई निशुल्क मास्कवितरणको अभियानका लागि उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, गैसस, धार्मिक, सामाजिक र परोपकारी संघसंस्थाहरुलाई अनुरोध गर्ने तथा बजारमा मास्क, सेनिटाइजर, कोभिड–१९ मा प्रयोग हुने औषधीहरु सहुलियतपूर्ण दरमा उपलब्ध गराउने, कालोबजारी र अभाव हुन नदिन उद्योग वाणिज्य संघ धनुषा र नेपाल केमिस्ट ड्रग एशोसिएसनले संयोजन र समन्वय गर्ने निर्णय समेत गरिएको छ ।साभार-द रियल समाचार अनलाइन बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आजको मौसमः तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!